राजनीति

धनराज जङ्गीएः कोरोना संक्रमण पहिला मन्त्रीकोमा पठाउने ? अस्पतालले चै पत्रकारबाट थाहा पाउनुपर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसंग जवाफ माग गरेका छन् ।

नेता गुरुङले टेकु अस्पतालमा विरामीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि राष्ट्रीय जनश्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट २४ घण्टासम्म अस्पताल नपठाईकन मन्त्रालय पठाएको भन्दै आक्रोस व्यक्त गरेका छन् ।

संक्रमणको बारेमा जानकारी अस्पताललाई नहुनु दुखद भएको भन्दै मन्त्रीको प्रेसमिट पछि अस्पतालले थाहा पाउने हो ? भन्दै प्रश्न गरेका छन् । उनले मन्त्रीले यसलाई युद्व भएकोले चेन अफ कमाण्डमा चलाएको भन्ने ? गरेका छन्  ।

हिजो काठमाडौंमा एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको कुरा अनलाइनहरूमा मुख्य समाचार बनिसक्दा सम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र नभई निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन ।

जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् । सोहि विषयलाईै लिएर नेता गुरुङले अस्पतालले मन्त्रीहरुबाट थाहा पाउने हो भन्दै आक्रोसयुक्त प्रश्न गरेका छन् ।

उनको ट्वीटः सम्माननीय प्र.म.ज्यु, जवाफ पाऊँ ! टेकु अस्पतालको विरामीको कोरोना रिपोर्ट पोजेटिभ आएपछि राष्ट्रीय जनश्वास्थ्य प्रयोगशालाबाट रिपोर्ट २४ घण्टासम्म अस्पताल नपठाईकन मन्त्रालय पठाउनेरु मन्त्रीको प्रेसमिट पछि अस्पतालले थाहा पाउनेरु मन्त्रीले यसलाई युद्व भएकोले चेन अफ कमाण्डमा चलाएको भन्ने ?