तस्विरहरु

लकडाउनको दोस्रो दिन देशभर : कतै बिरामी, कतै बच्चा बोकेका महिला, त कतै सुनसान ( १९ तस्विर)

काठमाडौं । आज देश लकडाउन भएको दोस्रो दिन । दिनभर सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकार, खानेपानी, बिजुली, ईन्टरनेट सेवा प्रदायक, आयाल निगम कर्मचारी लगायतका अत्यावश्यकीय क्षेत्रका बाहेक लकडाउनमा परेका छन् । कुनै स्थानमा लक डाउन उलंघन गर्ने क्रममा प्रहरीले सम्झायो त कतै कारबाही पनि गर्यो । यसैबीच कतिपय बच्चासँग, कतिपय बिरामी त कतिपय सडकमा प्रहरीले कारबाही गदै गरेका छन् । यसैबीचमा देशभर आज कस्ता कस्ता दृष्यहरु देखिए त? हेर्नुस् तस्विरहरुः

कालिमाटीमा ग्यासको लाइनमा सिलिन्डर राखेर प्रतिक्षारत ग्राहक ।

 

प्रहरी चेकिङ

सुनसान भक्तपुर

सुनसान देखिएको कैलालीको सीमावर्ती गौरीफण्टा नाका

भारतबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनमा राख्नुअघि स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी
तनहुँको बन्दीपुर गाउँपालिकामा स्थापना गरिएको स्वास्थ्य सहायता कक्ष
लकडाउन’ को दोस्रोे दिन बुधबार सुनसान विराटनगरको कञ्चनबारी चोक
बबरमहलमा बुधबार सवारी पास लिनेको भीड
सर्वसाधारण मासुका लागि कुखुुरा किनेर घरतर्फ लाँदै

सप्तरीमा कोरोना संक्रमणको लागि क्वारेन्टईन आईसेलेशन निर्माण गर्दै नेपाली सेना

जाँच गर्दै ट्राफिक प्रहरी
विरामी श्रीमतीको स्वास्थ परीक्षण गराउनका लागि प्रतिक्षारत निरास मुद्रामा श्रीमान
भक्तपुरको थिमीमा देखिएको सुनसान सडक
पोखराको महेन्द्रपुलमा मोटरसाइकलको कागपत्र हेर्दै सुरक्षाकर्मी
भक्तपुरमा बच्चा बोकेर घरतर्फ लाँदै एक महिला
पानी बोकेर बानेश्वर सडकमा बाटो काटदै गरेकी स्थानीय महिला ।
राजविराज बजारबाट तरकारी, खाद्यान्नलगायत दैनिक उपभोग्य सामान लिएर घरतर्फ जाँदै युवा ।
खोटाङ जिल्लामा माइकिङ
बुधबार माइकिङ गरेर जानकारी गराउँदै गस्तीमा खटिएका सुरक्षाकर्मी