पु.समाचार

कोरोना स्रक्रमीत तीन मध्ये दुई कतारबाट फर्किएका भेटिएः स्वस्थ्य मन्त्री ढकाल

काठमाडौं । तेस्रो नम्बरका कोरोना संक्रमीत ब्यक्ती धादिङका ३२ बर्षिय पुरुष भएको स्वस्थयमन्त्री भानुभक्त ढकालले बताएका छन् । स्रक्रमीत ब्यक्तीलाई शंका लागेपछि उनी सरुवा रोग अस्पताल टेकु र शुक्रराज ट्राफीकल अस्पताल पुगेको बताईएको छ ।

कतारमा काम गरेर फर्किएका भनिएका ती ब्यक्तीलाई हिजोमात्र टेष्टका लागि प्रकृया अगाडी बढाईए पनि आज पोजेटिभ रिपोर्ट आएको हो । हिजो संक्रमण भेटिएकी १९ बर्षीया एक युवती पनि फ्रान्स गएपनि कतार हुँदै काठमाडौं आएकी थिईन् ।

पहिला नम्बरका एक ब्यक्ती भने अध्ययनका लागि चीन गएर फर्किदा उक्त स्रक्रमण लिएर आएको बताईएको थियो ।
दोस्रो नम्बरकी महिलाको स्वस्थ्य मन्त्रालयले कतारको बाटो हुँदै नेपाल आएको बताईसकेको छ ।