आर्थिक

फेम्ली कटेजद्धारा लक डाउन अवधिभर विदामा तलबामा वृद्धी र भाडा नलिने घोषणा

दाङ । दाङको तुलसीपुर उप–महानगरपलिका १३ पुलचोकमा रहेको द रिभर फिस फेम्लि कटेजले लक डाउन अबधिवर विदामा रहेका आफ्ना कर्मचारीको तलबमा वुद्धी गर्ने भाडामा वस्नेलाई भाडा नलिने घोषणा गरेको छ ।

कटेजका सञ्चालक नर्मदा वस्नेतले आज एक विज्ञप्ती जारी गरी कोरोना भाइरसले विश्व आतंकीत भैरहेको वेला नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै कजेट वन्द गरि कर्मचारी लाई छुट्टी दिएको जानकारी दिएकी छिन् ।

विज्ञप्तीमा कर्मचारी विदामा भए पनि तलव वृद्धी गर्ने जानकारी दिएको छ । “यो अवस्था कर्मचारीले घरकै खानुपर्ने भएका कारण तलबमा वृद्धी गरेका हौं ।” विज्ञप्ती उल्लेख गरिएको छ ।

विदामा रहेका कर्मचारीलाई घरमा वस्दा सम्म खानामा लाग्ने खर्च तलबमा वृद्धी गरेर दिने विज्ञीप्तीमा उल्लेख गरिएको छ ।

कर्मचारीलाई लक डाउन अवधीभर तलब बृद्धीका साथ विदा दिएसंगैं कटेजमा वार्षीक भाडमा वस्नेलाई सो अवधीभर भाडा नलिने कटेजका व्यवस्थापक देविराम कुसारीले जानकारी दिईन ।

कर्मचारी लकडान अवधीमा कर्मचारी घरमै बसी घरकै खानुपर्ने भएको र कोठा भाडामा वस्नेलाई पनि समस्या भएका कारण कटेजले यो निर्णउ लिएको कुसारीले जानकारी दिएकी छिन् ।

साथै लक डाउन अवधिभर कटेज बन्द रहे पनि कोरोना सचेतना अभियान र स्वास्थ्य व्यवस्थापनमा रहेका कर्मचारी तथा स्वास्थ्यकर्मीलाई विशेष सावधानीका साथ आपत्त कालिन खानाको व्यवस्था भने गर्न सकिने कटेजले जानएको छ ।