पु.समाचार

पुनः एक जनामा भेटियो कोभिड–१९ पोजिटिभ सँक्रमण, तीनजना भए अहिलेसम्म

काठमाडौं । कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिए ।

उनका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उनले ती व्यक्तिका बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताए । यससँगै नेपालमा तीन जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ ।

चीनबाट नेपाल अँएका बिद्यार्थीलाई कारोना संक्रमण देखिएपछि यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई पोजिटिभ देखिएको थियो भने एक जना पोजिटिभका बिरामी उपचारपछि घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कानुसार ६८७ जनाको कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ ।