विचार/ब्लग

कोरोनाका कारण एक नेपाली पनि गुमाउनु नपरोस्

बाबुराम आचार्य / बिश्वभर कोरोना संक्रमणका कारण मत्यु हुनेको सख्या २० हजार नाघिसकेको छ । चीनको बुहान प्रान्तबाट डिसेम्बर ३१ मा देखिएको कोरोना स्रक्रमणले तीन महिना नहुँदै बिश्वभर १८९ वटा मुलुकमा प्रभाव जमाएको छ । चार लाखभन्दा बढीमा संक्रमण देखिन पुगेको कोरोनाले चीनमा भन्दा इटलीमा बढीको ज्यान लिईसकेको छ । कोरिया, जापान लगायतका केही मुलुकहरुले कोरोनाको बिषयमा चनाखो हुनाले नियन्त्रणमा ल्याएका छन् । चीनले आफ्नो मुलुकमा शुरु भएपनि कोरोनाको प्रभाव नियन्त्रण गरिसकेको छ । चीन, ईटली, ईरान, स्पेन, फान्स, अमेरिका, नेदरल्याण्ड, जर्मनी, बेल्जीयम लागतयका मुलुकमा बढी मानवीय क्षती भईसकेको छ ।

नदेखिएका अनुहारहरु आ–आफ्ना स्थानबाट योगदान दिएका धेरै सुरक्षाकर्मीहरु होलान्, स्वास्थ्यकर्मीहरु होलान्, अन्य सर्बसाधारण नागरिक नै होलान् जसले आपतमा परेको बेला टोल, गाँउ, जिल्ला, प्रदेश, देश वा पृथ्वी र ब्रह्माण्डलाई नै योगदान गरेका हुन सक्छन, उनीहरु कतिपय मिडियामा आउन नचाहेका, नजानेका वा पत्रकारहरुले नदेखेका पनि हुन सक्छन्, तिनिहरुलाई पनि हामीले सम्मान गर्नै पर्दछ ।

एउटा छिमेकी मुलुक चीनबाट शुरु भएको कोरोना अर्को नेपालको छिमेकी मुलुकमा मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीले लक डाउन गर्नेसम्मको प्रभाव पारेको छ । भारतमा अहिलेसम्म धेरै कोरोना संक्रमणबाट निधन नभएपनि भारतमा प्रवेश गरेपछि पुरा एक अर्ब ३० करोड जनसख्यामा प्रभाव पर्ने डरले प्रधानमन्त्री मोदीले जनता कफ्र्यु लगाएको केही दिन बित्न नपाउँदै लक डाउन घोषणा गरेका छन् । ईटलीमा दैनिक कोरोनाका कारण मृत्युदर बढिरहेकोमा बिश्व समुदाय चिन्तित बनेको छ भने अमेरिकामा ७७५ जनाको मानवयीय क्षती भईसकेको छ । अमेरिकामा लक डाउन गर्न माग नागरिकस्तरबाट गरिएपनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मानेका छैनन् ।

साबधानी अपनाउँदै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनु, स्यानीटाजर प्रयोग गर्नु, हात साबुन पानीले सधैं धुनु, भीडभाडमा नजानु, एकदुईलाई नै भेट गर्दापनि दूरी बढाउनु, घर वरीपरी सफा राख्नु, किचेन सफा राख्नु लगायतका बिश्व स्वास्थ्य संगठनले कोरोना भाईरस स्रक्रमण बाट बच्ने उपायहरु अबलम्बन गर्नु नै सबैभन्दा बढी उपयोगी उपायहरु हुन् । कोरोना भईरस संक्रमणबाट बच्ने औषधि हालसम्म पत्ता लागेको छैन । बिश्वका ठूला अनुसंधानकताहरु औषधि पत्ता लगाउन लागिपरिरहेका छन् । अहिलेलाई भने रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै नैकि भन्ने भनाईलाई आत्मासाथ गर्दै रो नै नलाग्ने उपाय अपनाउनेतिर बिश्व समुदाय लागेको देखिन्छ ।

बिरामी भएर आएका स्रक्रमीतहरुलाई देखेर भाग्ने डाक्टर, सुरक्षाकर्मी, पत्रकार जत्तिको नामर्द र देशद्रोही कोहीपनि हुन सक्दैन । सकेसम्म एक्लिन खोजेपनि परेको बेलामा जिउ जोखिममा पारेर भएपनि राष्ट्र सेवा गर्न पछि पर्नुहुन्न । ईटलीमा एक नर्सको माक्स लगाएउँदा अनुहारभरि डाम बसेर घाउ भएको तस्विर सामाजिक सञ्जालमा भाईरल भएको छ । उनी दैनिक दिनमा सात सयको हाराहारीमा मानवीय क्षती भईरहेको ईटलीमा उक्त पेशा छाडेर भागिनन्, झनै सकृय भएर बिरामीको सेवामा लागिन् उनलाई झण्डै तीन करोड नेपालीहरुका तर्फबाट पनि सम्मान गर्न जरुरी देखिन्छ ।

नेपालमा लकडाउन भएको अवस्थामा रोग लागेको शंका लागेमा क्यारेन्टाईनमा बस्नु, रोग लाग्न नदिन आईसोलेसनमा बस्नु भनेपनि सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, पानी–ज्ञाँस–बिद्युत–दुरसँचारलगायत अतिआवश्यकीय पेशासँग जोडिएका पेशाकर्मीहरु भने घरमा थुनिएर बस्न पाउने अवस्था छैन । जोखिमयुक्त पेशामा जोडिएका उनीहरु संकटको बेलामा भाग्नु भनेको जस्तो कायर पन केहीलाई पनि मान्न सकिन्न । यो संकटको बेला रोग संक्रमणबाट बच्ने उपायहरु अपनाउँदै समाजलाई चाहिएको सेवा दिनु कर्तब्य ठान्नु पर्दछ । बिरामी भएर आएका स्रक्रमीतहरुलाई देखेर भाग्ने डाक्टर, सुरक्षाकर्मी, पत्रकार जत्तिको नामर्द र देशद्रोही कोहीपनि हुन सक्दैन । सकेसम्म एक्लिन खोजेपनि परेको बेलामा जिउ जोखिममा पारेर भएपनि राष्ट्र सेवा गर्न पछि पर्नुहुन्न ।

ईटलीमा एक नर्सको माक्स लगाएउँदा अनुहारभरि डाम बसेर घाउ भएको तस्विर सामाजिक सञ्जालमा भाईरल भएको छ । उनी दैनिक दिनमा सात सयको हाराहारीमा मानवीय क्षती भईरहेको ईटलीमा उक्त पेशा छाडेर भागिनन्, झनै सकृय भएर बिरामीको सेवामा लागिन् उनलाई झण्डै तीन करोड नेपालीहरुका तर्फबाट पनि सम्मान गर्न जरुरी देखिन्छ । त्यस्ता नदेखिएका अनुहारहरु आ–आफ्ना स्थानबाट योगदान दिएका धेरै सुरक्षाकर्मीहरु होलान्, स्वास्थ्यकर्मीहरु होलान्, अन्य सर्बसाधारण नागरिक नै होलान् जसले आपतमा परेको बेला टोल, गाँउ, जिल्ला, प्रदेश, देश वा पृथ्वी र ब्रह्माण्डलाई नै योगदान गरेका हुन सक्छन, उनीहरु कतिपय मिडियामा आउन नचाहेका, नजानेका वा पत्रकारहरुले नदेखेका पनि हुन सक्छन्, तिनिहरुलाई पनि हामीले सम्मान गर्नै पर्दछ ।

जीउ नै जोखि पारेर भएपनि लडाई जित्ने उद्देश्यका साथ सिपाहीँले उक्त जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । यदि लडाईका बेला जिउज्यान दिन नसक्ने भए त्यस्ता प्रकारका ब्यक्तीले सेनामा जागीरका लागि प्रवेश नगरेकै राम्रो । नेपालमा जनयुद्धका बेला बिचैमा भागेका प्रहरी, सेना, शसस्त, अनुसंधानमा जागीर खाएकाहरु अहिले पनि भेटिन्छन् । उनीहरुलाई आफ्नो ज्यान, परिवार, सम्पतिको माया भएर भोगेका हुनसक्ने सम्भावना बढी छ । उनीहरुलाई समाजमा मुख देखाएर हिँड्न पनि लाज हुनुपर्ने हो, हिँडिरहेकै छन् ।

नेपालमा ०५२ साल फागुन १ गतेबाट माओबादी नामको जनयुद्ध शुरु भएको थियो १० बर्षमा निश्चित सम्झौता भएको उक्त जनयुद्धका बेला राज्य पक्ष होस् या माओबादी पक्ष दुबैतिरबाट लडाकुहरु भागेको समाचार सुनिएकै हो । युद्धका बेला भाग्ने सिपाहीलाई जहाँ भेट्यो त्यहीँ सुट गर्नु उपयुक्त हुने भनाई मलाई ठीक लागेपनि सिपाहीँले नैतिकवान भएर आफ्नो जिम्मेवारीप्रति ईमान्दार हुनु राम्रो हुन्छ । सिपाहीँले घरपरिवार। चलाउन केही महिनावारी रकम लिएपनि उसको जिम्मेवारी भनेको पैसा वा कुनै सामान्य फाईदासँग तुलना हुनुहुन्न । जीउ नै जोखि पारेर भएपनि लडाई जित्ने उद्देश्यका साथ सिपाहीँले उक्त जिम्मेवारी सम्हाल्नुपर्ने हुन्छ । यदि लडाईका बेला जिउज्यान दिन नसक्ने भए त्यस्ता प्रकारका ब्यक्तीले सेनामा जागीरका लागि प्रवेश नगरेकै राम्रो । नेपालमा जनयुद्धका बेला बिचैमा भागेका प्रहरी, सेना, शसस्त, अनुसंधानमा जागीर खाएकाहरु अहिले पनि भेटिन्छन् । उनीहरुलाई आफ्नो ज्यान, परिवार, सम्पतिको माया भएर भोगेका हुनसक्ने सम्भावना बढी छ । उनीहरुलाई समाजमा मुख देखाएर हिँड्न पनि लाज हुनुपर्ने हो, हिँडिरहेकै छन् ।

अरु कुराहरु जे भएपनि बिश्वमा माहामारीको रुपमा शुरु भएर भारत सम्म प्रभावित हुन पुगेको कोभिड १९ रोगबाट बच्न नेपाल सरकारले लगाएको लक डाउनलाई सबै नेपाली नागरिकहरुले समर्थन गरौं । सकेसम्म घरबाहिरबाट ननिस्किऔं । अत्यावश्यक काममा खटिनुपर्ने बाध्यता भएका पेशाकर्मीहरु बिना स्वार्थ खटिऔं । सुरक्षाकर्मीहरु, पत्रकारहरु, स्वस्थ्यकर्मीहरु बिशेषतः संकटको घडिमा अतिमहत्वपूर्ण राष्ट्र सेवकको रुपमा लिन सकिन्छ । यस्तोबेला कुनैपनि बाहना पार्नेभन्दा अन्य जस्तोसुकै जोखिमलाई छाडेर राष्ट्रको कोरोनाको जोखिम बचाउनतिर लाग्नु मुख्य आवश्यक्ता हो । भगौडा भनेको अनुशासनहीनको पनि सबैभन्दा निकम्माको रुपमा लिनुपर्दछ । बुहानमा सुरक्षा दिएका चिनियाँ सुरक्षाकर्मी भागेका भए त्यहाँ अहिलेको जस्तो सामान्य अवस्था आउने थयो त ? यतातिर ध्यान दिउँ, बुहानमा खोज पत्रकारिता गर्ने पत्रकारहरु डराएको र भागेर समाचार सम्प्रेशण नगरेको भए अहिले नेपालले लक डाउन गरेर अग्रीम रुपमा कोरोना भाईरसको संक्रमणबाट बच्ने उपाय अपनाउने स्थान पाउथ्यौं त ?

बिश्वमा फैलिएको माहामारी कोरोना भाईरस संक्रमण रोक्न सरकारले लक डाउन गरेको छ, कुनैपनि बेला संकटकाल वा कफ्र्यु लगाउन सक्छ, माहामारीको कुनै जात, धर्म, भाषा, राजनीतिक दल, सीमा हुन्न त्यो रोकथामका लागि सरकारले चाहेका हरेक कदममा साथ दिन अझ बलियो भएर तयारी अवस्थामा बसौं । सरकारलाई अत्यावश्यकीय क्षेत्रमा संलग्नले मनोवल बढाउने उपायहरु सम्झाउन पनि सकिन्छ, यो दिएन उ दिएन भनेर सधैं बिरोधका लागि बिरोध गर्नेगरी नउत्रिऔं

स्वस्थ्यकर्मीहरुले रातदिन नभनि उपचार नगरेका भए निको भएर गएका बिश्वका दुई लाख भन्दा बढी स्रक्रमीतको अवस्था चिहान भएर जाँदैनथ्यो त ? सबै अत्यावश्यकीय कुराहरु पूर्ति गर्ने क्षेत्रमा संलग्नहरुले रुपैयाँ पैसा कमाउने भन्दा पनि जिम्मेवार भएर समाजलाई अप्ठेरो परेका बेला मुलुक र जनताको सेवा गर्ने सोच बनाउनु उपर्युक्त हुन्छ । युद्ध हुँदा भागेको सेना, रक्सी पीएर होस हवास नै गुमाउनेगरी सडकमा लडेको जड्याहा, आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु, बौलाहा वा पागल, धन वा पावरले मानवता नै गुमाईसकेको मानिसलाई एउटा बुिद्धजिवीले तुलना गर्न जसरी सुहाउँदैन त्यसैगरी अत्यावश्यकीय बस्तु वा क्षेत्रमा काम गर्नेले आफ्नो जिम्मेवारीलाई कमाई खाने भाँडो नबनाऔं, जिम्मेवारीलाई समाजको अशली सेवा ठानौं ।

अत्यावश्यकीय क्षेत्रमा लागेकाले अतिरिक्त सुबिधा नखोजौं । मुलुक र समाज बचाउने जिम्मेजारी पाएको ठानौं । बिश्वमा फैलिएको माहामारी कोरोना भाईरस संक्रमण रोक्न सरकारले लक डाउन गरेको छ, कुनैपनि बेला संकटकाल वा कफ्र्यु लगाउन सक्छ, माहामारीको कुनै जात, धर्म, भाषा, राजनीतिक दल, सीमा हुन्न त्यो रोकथामका लागि सरकारले चाहेका हरेक कदममा साथ दिन अझ बलियो भएर तयारी अवस्थामा बसौं । सरकारलाई अत्यावश्यकीय क्षेत्रमा संलग्नले मनोवल बढाउने उपायहरु सम्झाउन पनि सकिन्छ, यो दिएन उ दिएन भनेर सधैं बिरोधका लागि बिरोध गर्नेगरी नउत्रिऔं । कामना गरौं अत्यावश्यक सेवामा संलग्नको महतवपूर्ण भूमिका र सबै नेपाली जनताको सहकार्यबाट कोरोना स्रक्रमणबाट नेपालमा एकजना नेपालीको पनि मृत्यु हुन पाएन । त्यो भन्ने दिनको छिट्टै कल्पना गरौं । बिश्व स्थास्थ्य संगठन, नेपाल सरकार स्वास्थ्य मन्त्रालय, कोरोना सम्बन्धी समिति लगायतको निर्देशन पूर्ण रुपमा पालना गरौं ।