राजनीति

सातै प्रदेशका अस्पतालहरूमा तत्काल कोरोना टेस्ट गरिने व्यवस्था गर्न डा कोईरालाको अपील

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रभावशाली नेता डा. शेखर कोईरालाले काठमाडौं मात्रै नेपाल हो भन्ने मानशिकताबाट बाहिर आई सातै प्रदेशमा कोरोना रोकथाममा लाग्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट लमार्फत डा कोईरालाले विश्वभरी फैलिएको कोरोना माहामारी रोकथाममा नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने मानसिकताबाट बाहिर निस्केर सरकारले स्वास्थ्यकर्मीहरुका लागी अत्यावस्यक सामग्री र कम्तीमा सबै प्रादेशिक अस्पतालहरूमा कोरोना भाईरस टेस्ट गरिने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।

कोरोना रोकथामका लागि सरकारले अन्य प्रदेशमा वेवास्ता गरि काठमाडौं केन्द्रित भएको भन्दै सरकारको आलोचना गरेका छन् । कोरोभा नाईरसको उच्च जोखिममा रहेकाबेला लकडाउन गरेर सरकारले राम्रो कार्य गरेपनि अन्य जिल्लाहरुमा पनि सरकारको ध्यान जान जरुरी रहेको उनको भनाई छ ।

साथै डा कोईरालाले कोरोना भाईरस परीक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागी अत्यावस्यक पीपीई तथा मास्कको अभाव रहेको र अर्कोतर्फ कोरोनाको स्वाब टेस्टको लागी देशभरबाट काठमाडौं नै पठाउँनुपर्ने बाध्यता रहेको भन्दै प्रत्ययक प्रदेशमा व्यवस्था गर्न माग गरेका छन् ।

 

उनको ट्वीटः स्थल मार्ग र हवाई मार्ग बन्द छन् । यस्तो अवस्थामा नेपाल भनेको काठमाडौ मात्रै हो भन्ने मानसिकताबाट बाहिर निस्केर सरकारले कम्तीमा स्वास्थ्यकर्मीहरुका लागी अत्यावस्यक सामग्री र कम्तीमा सबै प्रादेशिक अस्पतालहरूमा कोरोना भाईरस टेस्ट गरिने व्यवस्था गर्नुपर्छ । यतिवेला हामी कोरोना भाईरस COVID-19 को उच्च जोखिममा छौं । सरकारले देशैभर लकडाउन गरेर राम्रो काम गरेको छ । कोरोना भाईरस परीक्षणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागी अत्यावस्यक पीपीई तथा N-95 मास्कको अभाव छ । अर्कोतर्फ कोरोनाको स्वाब टेस्टको लागी देशभरबाट काठमाडौं नै पठाउँनुपर्ने बाध्यता छ ।