सामाजिक सञ्जाल

बाबुराम/उदय भन्छन्ः लकडाउन लम्बिन सक्छ बेरोजगार/मजदुरलाई खान–पिनको व्यवस्था गर्नुस्

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादीका संघिय परिषद अध्यक्ष डा बाबुराम भट्टराई र नेपाली कांग्रेसका युवा नेता एवं तरुण दलका पुर्व अध्यक्ष उदय सम्शेर राणाले  कोरोनाको जोखिम हेरेर लकडाउन लम्बिन सक्ने भन्दै ज्यालादारी काम गर्ने मजदुरहरुको खानपिनको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता द्वयले लक डाउन लम्बिन सक्ने भएकाले संयमीत र धैर्य बनी लकडाउन हाम्रै लागि हो भन्ने बुझि पालना गर्न पनि सबैमा अनुरोध गरेका छन् ।

डा बाबुराम भट्टराईले लकडाउन को समय सात दिनबाट लम्बिन सक्ने भन्दै ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरुको निम्त तुरुन्त आर्थिक प्याकेज ल्याउन सरकारलो ध्यानकर्शण गराएका छन् ।

डा भट्टराईले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्ः देशको लकडाउन ७ दिनभन्दा बढी लम्बिनसक्छ१अतस् कोरोनाभाइरस संगसंगै भोकभाइरसको बन्दोबस्ती गर्न ढिला नगरौं । ज्यालादारीमा गुजारा गर्ने र अशक्तहरूकोनिम्ति तुरून्त आर्थिक प्याकेज हुनुपर्यो१संघको वित्तीय दायित्व,प्रदेशको अनुगमन,स्थानीयको कार्यान्वयन र डिजिटल प्रविधिको प्रयोगको मोडेल हुनसक्छ ।

यस्तै कांग्रेसका युवा नेता उदयले पनि कोरोनाले विश्वभरी माहामारीको रुप लिईरहेकाले यस्कोअवस्था हेरी लकडाउन लम्बिन सक्ने भन्दै सबैलाई धैर्य र संयमीत भई नियमको पालना गर्न आग्रह गरेका छन् । साथै उनले यतिबेला दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र आश्रित परिवार ठुलो मारमा परेको भन्दै कोहि पनि भोकै बस्नुपर्ने अवस्था आउननहुनेमा जोड दिएका छन् । यस्तो अवस्थामा रहेकाहरुकालागि राहत ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

उनले आफ्नो ट्वीटमा यस्तो लेखेका छन्ः कोरोना जोखिम हेरेर लकडाउन अवधी अझै लम्बिनसक्छ हामी संयमीत र धैर्य बनौं । लकडाउन हाम्रै लागि हो पालना गरौं । यतिबेला दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र आश्रित परिवार ठुलो मारमा पर्दैछ कोहि पनि भोकै बस्नुपर्ने अवस्था आउनुहुन्न । सरकार तिनिहरुका लागि राहत कार्यक्रम ल्याउ । @PM_Nepal

 

विश्भरी कोरोनाको माहामारी फैलिएपछि संक्रमनबाट सर्तक रहन नेपाल सरकारले देशैभरी मंगलबारदेखी लकडाउन गरेको छ ।