पु.समाचार

गौरिफन्टा नाकामा अलपत्र परेका झण्डै एक हजार नेपालीहरु २८ घण्टापछि नेपाल प्रवेश

काठमाडौं । सरकारको निर्देशन पछि घरमै क्वारेन्टाईन बस्ने सर्तसहित नाकामा अलपत्त परेका झण्डै हजार नेपाली कैलालि प्रवेश गरेका छन् ।

भारतबाट आएका ९ सय १४ नेपाली नेपालमा लगाईएको लकडाउनका कारण गौरीफन्टा नाकामा अलपत्र परेका थिए । नाकामा अलपत्र परेका उनिहरु बिगत २८ घण्टापछी मात्रै मंगलबार राति १० बजे कैलालि प्रवेश गर्न पाएका हुन् ।

साथै आफुहरुलाई नाका प्रवेश दिनुपर्ने भन्दै उनिहरुले मंगलबार हिजो दिनभर चर्काे नारावाजी गरेपछि त्यहाँको अवस्था तनावग्रस्त बनेको थियो । सरकारको मंगलबार बसेको बैठकले उनिहरु घरमै क्वारेन्टाईनमा वस्ने सर्तका साथ प्रवेश गराएको छ ।

कोरोना जोखिमलाई मध्यनज गर्दै सीमानाकामा कडाई गरेपछि उनिहरु सीमामा अलपत्र परेका थिए । त्रिनगर भन्सार भएर प्रवेश गरेका उनिहरुलाई प्रदेश सरकारको समन्पयमा बसमा राखेर घरसम्म पुर्याईएको छ ।

भारतमा कोरोना भाईरसको महामारी फैलंदै गएपछि विभिन्न नाकाहरुबाट नेपालीहरु धमाधम नेपाल भित्रिएका छन् । जसको कारण नेपालमा कोरोनाको जोखिम झनै बढेको छ ।

उनीहरुलाई उनीहरुकै जिल्लामा क्वारेन्टाइनमा बस्ने व्यवस्थासहित घर जान दिइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । क्वारेन्टाइन स्थापनाका लागि स्थानीय तहहरुलाई प्रदेश सरकारले बजेटको व्यवस्थासमेत गरिदिएको छ ।