समाचार

एका बिहानै लकडाउन उल्लंघन गर्ने ३ सय २ सवारी साधन कारबाहिमा

काठमाडौं ।  विश्वभरी फैलिएको महामारी कोरोना भाईरस नियन्त्रणका लागि विभिन्न देशहरुले लकडाउन गरेका छन् । यस्तै नेपालले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै मंगलबारदेखी लकडाउन गरेको छ ।

जस्को प्रभाव मुलुकैभर परेको छ । सडक सुनसान छन् भने सम्पुर्ण पसलहरु ठप्प भएका छन् । काठमाडौं लगाएत देशैभरीका बजार बन्द भएका छन् ।

साथै लकडाउनका बेला घर बाहिर निस्कनेलाई कारबाहि गर्ने चेतावनी सरकारले दिएको छ । मंगलबार सरकारले लगाएको लकडाउन उल्ंघन गर्ने केहि सवारी साधन कारबाहिमा परेका थिए । यस्तै आज बिहानै प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई कारबहि गरेको छ ।

काठमाडौंका विभिन्न स्थानमा लकडाउन उल्लंघन गर्ने विभिन्न सवारी साधनलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहानै ३ सय २ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवनकुमार श्रेष्ठका अनुसार लकडाउन गरेपछि उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा धेरै मोटरसाईकलहरु रहेका छन् । साथै घरबाट अनावस्यक बाहिर निस्किएकालाई सम्झाई बुझाई घर फिर्ता पठाईएको छ ।