अन्तर्राष्ट्रिय

कोरोनाका कारण ईटलीमा एकैदिन ७ सय ४३ को मृत्युः ज्यान गुमाउनेको संख्या ६ हजार बढी

काठमाडौं । प्राण घातक भाईरस कोरोनाका कारण ईटलीमा मृत्यु हुनेको संख्या तिबै गतिमा बढेको छ । ईटलीमा कोरोना भाईरसका कारण एकैदिन हिजो मंगलबार मात्रै ७ सय ४३ को मृत्यु भएको छ ।

बीबीसीका अनुसार सोमबारभन्दा मंगलबार १४१ जना बढीको मृत्यु भएको छ । इटलीमा कोरानोले अहिलेसम्म ६ हजार ८२० जनाको मृत्यु भएको छ ।

शनिबार ७९३ जनाको मृत्यु भएको थियो भने आइतबार ६५१ जना, सोमबार ६०२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

अहिले विश्वमा सबैभन्दा बढी इटलीमा नै कोरोनाले असर गरेको छ । संक्रमण रोक्नका लागि लामो समय लकडाउन गरिएको भए पनि महामारी नियन्त्रणमा आएको छैन ।