सामाजिक सञ्जाल

नेता गुरुङको आग्रहः सरकारले लगाएकोे लकडाउन हाम्रै लागि होे सबैले पालना गरी घरमै बासौं

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले विश्वभरी माहामारीका रुपमा फैलिरहेको कोराना भाईरसको संक्रमणबाट बच्नका लागि सर्तक बन्न सम्पुर्ण नेपालीमा अपिल गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुंगले कोरोना भाईरसका कारण मृत्यु हुनेहरुको संख्या तिब्र रुपमा वढिरहेको भन्दै भाईरसको मामलामा कोहिपनि लापरबाहि बन्न नहुने बताएका छन् ।

नेता गुरुङले सरकारले लगाएको सरकारले लगाएको लक डाउन सरकारका लागि नभै हाम्रै लागि भन्ने बुझि घरमै बस्न सबैलाई आग्रह गरेका छन् ।

नेपाल सरकारले हिँजोदेखी एक साताका लागि मुलुकभरीनै लकडाउन लगाएको छ आज दोस्रो दिन हो । सरकारको नियमको धेरैले सर्मथन जनाएर घरभित्रै बसेका थिए भने केहि छिट– फुट मात्रामा मान्छेहरु बाटोमा देखिएका छन् ।

भाईरस को माहामारी नफैलिओस भनेर सरकारले यस्तो निर्णय गरेको हो ।

 

उनको ट्वीटः दुई हात जोडेर विन्ती गर्छु१ लापरबाही नगरौं । गत २४ घण्टामा विश्वमा कोरोना भाइरसले थप २,२९६ जनाको ज्यान लियो । सरकारले लगाएको लक डाउन सरकारका लागि नभै हाम्रै लागि हो । तसर्थ घरमै बसौं ।