अन्तर्राष्ट्रिय

कोरोना भाईरस संक्रमणबाट बच्न भारतमा २१ दिन लकडाउन

काठमाडौं । प्राणघातक भाईरस कोरोनाका कारण मृत्यु र संक्रमीतको संख्या वढ्दै गएपछि भारत सरकारले भारतलाई लकडाउन गरेको छ 

भारतिय प्रधानमन्त्री नरेन्दै मोदीले मंगलबाराति १२ बजेदेखी पुर देश लकडाउनको घोषणा गरेका हुन् । कोरोना भाइरसको संक्रमण रोक्न भारतभर २१ दिन लकडाउन हुने भएको छ । सो समय घरबाट बाहिर निस्कन पूर्णबन्देज गरिएको छ ।

प्रधानमन्त्री मोदीले जनता कफ्र्युमा भारतका नागरिकले पूर्णरूपमा सहयोग गरेको बताए । उनले भारतीय जनता संकटमा एकजुट भएर त्यसविरुद्धमा लड्न तयार छन् भन्ने सो जनता कफ्र्युले देखाएको बताए । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका १९२ देशमा कोरोना भाइरसले प्रभाव परिसकेको छ ।

भारतमा कोभिड १९बाट ४९१ संक्रमित रहेको बताइएको छ । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । भारतको ३० राज्यमा नै लकडाउनको घोषणा गरिएको हो ।

उनले देशको स्वास्थ्य पूर्वाधारलाई बलियो बनाउनका लागि केन्द्र सरकारले १५ हजार करोड रुपैयाँको प्रबन्ध मिलाएको समेत बताए । प्रधानमन्त्री मोदीले कोरोना भाइरसको संक्रमण तोड्नका लागि कम्तीमा २१ दिनको समय आवश्यक रहेको बताए ।