पु.समाचार

अब एक परिवारलाई एउटा मात्र ज्ञास दिईने, दियो निगमले उद्योग/डिलरलाई ५ बुंदे कडा निर्देशन

काठमाडौं । नेपाल आयल निगमले कोरोना भाईरसको बिषम परिस्थितिमा नेपाल राजयभर लकडाउनको अवस्था भएको भन्दै दैनिक उपभोग्य बस्तु पेट्रोलीयम पदार्थ बिशेष गरी ग्याँसको उपभोग तथा बिक्री बितरणमा नयाँ नियम लागू गरेको छ । नयाँ नियममा एक परिवारलाई एक ज्ञास सिलिण्डरमात्र बितरण गर्नुपर्ने भनिएको छ ।

ज्ञास बितरण गर्दा खरीदकर्ताको बिबरण सम्पर्क नम्बर र नागरीकताको फोटोकपीसहित राख्नुपर्ने नयाँ नियम लागू गरेको छ । निगमले बिषम परिस्थिति भनदै उद्योगले भन्सारबाट भित्र्याएको, डिलरलाई बितरण्ण गरेको र डिलरले सर्बसाधारणलाई बितरण गरेको रेकर्ड अनिबार्य राख्न र आवश्यक परेको बेला जिल्ला प्रशासन कार्यालय वा नेपाल आयल निगमले मागेको बेला उपलब्ध गराउनुपर्ने जनाएको छ ।

निगमले ज्ञासमा कालोबजारी भएको समाचार आएपछि कालोबजारी रोक्न उक्त कदम चालेको देखिन्छ । निगमले ५ बुंदे नीतिहरु अख्तियार गर्दै भोली १० बजेभित्र शुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्टेण्डबाई बसेको परिमाण, गोदाममा भरिराखिएको सिलिण्डरको परिमाण र अघिल्लो दिन बिक्री बितरण गरिएको क्लोजीगं स्टक प्रष्ट देखिनेगरी निगममा वा जिल्ला प्रशासन कार्यालयमा पठाउन निर्देशन गरेको छ ।