विशेष

युद्धमा सेनालाई हतियार दिएजसरी स्वास्थ्यकर्मीलाई उपचार सामाग्री र सुरक्षा कवज दिनुपर्यो: प्रा.डा. कार्की

काठमाडौं । काठमाडौं मेडिकल कजेजकी प्रमुख कार्यकारी अधिकृत तथा प्रिन्सिपल प्रा.डा. चन्दा कार्कीले सरकारले लक डाउन गरेका बेला बाहिर ननिस्किएर सरकारलाई सहयोग गर्नुपर्ने बताएकी छन् । उनले आफ्नो अस्पतालले कोरोना संक्रमितको लागि सिनामंगल र दुवाकोटमा गरी १० वटा आईसोलेशन बेड, आवश्यक्ताअनुसार आकस्मीक कक्ष निर्माण गरेको बताउँदै अस्पतालका डाक्टर, नर्स, कर्मचारी सबै बिश्वब्यापी रुपमा आएको माहामारी कोरोना संक्रमणबाट बचाउन बिश्व स्वास्थ्य संगठन, नेपाल सरकार, नेपाल सरकार स्वास्थ्य मन्त्रालय लगायत सम्बन्धीत नियमन गर्ने निकायहरुको निर्देशन मान्न तयार रहेको बताएकी छन् ।

प्रिन्शिपल कार्कीले मेडिकल कलेजले आकश्मिक रुपमा कुनै प्रकारको कोरोनाको संकेत आएर अस्पतालले राख्नुपर्ने भएमा त्यसको लागि अस्पतालले एक छुट्टै समिति ( TASK FORCE Comittee) बनाएके भन्दै सरकारले कर्मचारी, नर्स र डाक्टरहरु लगायत उपचारमा संलग्नलाई माक्स, ग्लोभ, गाउन लगायतका उपचारका लागि आवश्यक पर्ने सामाग्री उपलब्ध गराउनुपर्ने हुन सक्ने बताएकी छन् ।

कोरोना संक्रमीत बिरामीहरु अस्पतालमा धेरै आए भने डाक्टरहरुको भागाभाग होला नि ? भन्ने प्रश्नको उत्तरमा उनले भनिन्, ‘डाक्टरहरुलगायत उपचारमा संलग्नहरुसँग सामाजिक जिम्मेवारी पनि भएकाले त्यो हुनसक्ने कल्पना पनि आफूले नगर्ने दाबी छ, यसमा सरकार, सामाजिक अभियान्ता, पत्रकार, कर्मचारी लगायत सबै पक्षले स्वास्थ्यकर्मीको मनोबल बढाउनुपर्ने हुन्छ, त्यसका लागि उनीहरुलाई सरकारले काम गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने हुन्छ ।’

उनले दोहोर्याउदै स्वास्थ्यकर्मीहरुले कोरोनाको समयमा मात्र नभएर बिगतमा पनि यस्ता धेरै चुनौतीको सामना गरेको उदाहरण नभएका हुन् र ? भन्ने प्रश्न समेत गरिन्। उनले काठमाडौं मेडिकल अस्पतालले ‘आत्तिने होईन, सजग रहने र जिवन रक्षा गर्ने’ भन्ने नारा नै बनाएको भन्दै आफ्नो अस्पतालमा माक्स, सेनिटाईजरलगायत सबै सामाग्रीहरु अनिवार्य गरेको बताईन् । सरकारको निर्देशन अनुसार अतिआवश्यक बाहेकका सेवा पूर्णतः बन्द गरिएको भन्दै हात धुने कार्यलाई प्राथमिकता दिन सबै नेपाली दाजुभाई-दिदीबहिनीलाई आग्रह गरेकी छन् ।

डा कार्कीले रोगसँग लड्ने क्षमता भएका लाई कोरोना लाग्छ भन्ने सही भएपनि बुढाबुढीलाई मात्र लाग्छ भन्नु गलत भएको दाबी गर्दै भेटघाट घटाउन, भेट भएमा दूरी मेन्टन गर्न आग्रह गरेकी छन् । कुनै पार्टी, राजनीतिक संघ, संगठन भन्दा पनि सबै एकजुट भएर कोरोना नियन्त्रणका लागि प्रयास गर्नुपर्ने पब्लिक प्राईभेट पार्टनरसिपमा गए अझ प्रभावकारी हुनसक्ने सुझाव सरकारलाई दिएकी छन् । आफूहरुले पनि किट नभएका कारण बिरामी आएमा टेकु अस्पतालमा नै पठाउनुपर्ने बाधयता रहेको बताउँदै कोरोनाको उपचार भने बिश्वकोकुनै अस्पतालमा हुने आषधि नबनेको बताउँदै आफैं सजग रहनुपर्ने बताईन् ।

कोरोनाको संक्रमण कुनै जाती, धर्म, गरिव, धनी, पद, कालो, गोह्रो, अग्लो, होचो नभन्ने र बिश्व स्वास्थ्य संगठन लगायतका निकायले दिएको सुझाव अनुसार अगाडी बढ्नु नै उत्तम बिकल्प भएको भन्दै सरकारले उचित उपाय अनुसार लगाएको ‘लक डाउन’मा देशभरका नेपालीहरुलाई घरबाट ननिस्कन आग्रह गरिन् ।

उनले संकट परेका बेलामा जसरी सेनालाई अत्याधुनिक हतियार दिएर दुश्मनसँग लड्न पठाईन्छ त्यस्तै स्वास्थ्यकर्मी कायर नभएपनि बिना उपचार सामाग्री र सुरक्षा कवज उपचार गर्न जाने अवस्था आउन दिन नहुने कुरा बताईन् । डा कार्कीले लडाईमा पाखुराले मात्र वा कमजोर हतियार दिएर सेनालाई पठाउँदा के हुन्छ ? भन्ने प्रश्न सबैले बुझ्न जरुरी भएको बताईन् । यसबाट स्वास्थ्यकर्मीको मनोबल बढ्ने उनको तर्क छ ।

डा कार्कीले कोरोनाले फलानोलाई फलानो भयो भन्ने कुरा सरकारली आधिकारीक निकायको कुरामामात्र बिश्वास गर्न आग्रह गर्दै आफूले बिश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको जोखिमयुक्त मुलुक भन्ने बित्तिकै नियमन निकायहरुलाई निर्देशनका लागि चिठी लेखेको स्मरण गर्दै कोरोना संक्रमण नियन्त्रणका लागि सरकार वा सम्बन्धीत निकायलाई आवश्यक परेको बेला जस्तोसुकै योगदान दिन तयार रहेको बताईन् ।