समाचार

कोरोना संक्रमणको आसंकामा आईसोलेसनमा राखिएका एक युवकको मृत्यु

चीतवन । चीतवनमा रहेको आईसोलेशणमा उपचाररत एक युवकको मृत्यु भएको छ । चीतवनको भरतपुरस्थित कोरोना विषश अस्पतालमा उपचाररत ति युवकको आज विहान ७ बजे मृत्यु भएको बताईएको हो ।

उच्च ज्वरो, रुघार खोकिले ग्रसीत भएका चीतवन मेडिकलबाट कोेरोना विषेश अस्पतालमा रिफर गरिएका ३० वर्षे विरगञ्जका युवकको मृत्यु भएको हो ।

यद्यपी उनको मृत्यु कोरोनाले भएको हो या होईन पुष्टि भएको छैन । उनको शवलाई अहिले अस्पतालमा राखिएको छ । उनको स्वाबको नमुना सोमबार संकलन गरी आज (मंगलबार) बिहान मात्रै परिक्षणका लागि पठाएको बताईएको छ ।

यसअघि अत्यधीक ज्वरो, रुघाखोकिले ग्रसित भएपछि कोरोना संक्रमणको आसंकामा अस्पताल भर्ना गरिएको थियो । तर रिपार्ट भने आएन बाँकी रहेको र रिपार्ट आयोभने कोरोना भए– नभएको पुष्टि हुने छ ।

चीनको बुहान बाट फैलिएको कोरानको संक्रमण नेपामा पनि देखिएपछि सम्पुर्ण देशवासी त्रसित भईरहेको समयमा उक्त युवकको मृत्युले झनै त्रसित बनाएको छ । तर कोरोननाकै कारणले मृत्यु भएको भनेर पुष्टि रिपार्ट आएपछि मात्रै हुने छ ।