बाग्मती

लकडाउनको उल्लंघन गर्दै घरबाहिर निस्किएका १० जना चीतवन प्रहरीको नियन्त्रणमा

चीतवन । नेपालमा पनि एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि सरकारले आजदेखी एक हप्ता देशलाई लकडाउन गरेको छ ।

जस्को प्रभाव मुलुकैभरी परेको छ । मुलुकका ठुला सहरहरुमा लकडाउनको असरदेखिएको छ भने केही छिट– फुठ मात्रामा मान्छेहरु बाटोमा देखिएका छन् ।

उता चीतवन प्रहरीले सरकारले लागु गरेको लक डाउन उल्लंघन गरि बाटोमा निस्कीएका १० जनालाई पक्राउ गरेको छ । यसअघि सरकारले लकडाउनको समयमा घर बाहिर निस्किीए कारबाहि गर्ने चेतावनी दिएको थियो ।

लकडाउन को अबज्ञां गर्दै बिना कागजात घरबाट बाहिर निस्किएका ति व्यक्तिलाई नारायणगढ बजारक्षेत्र र पूर्वी चीतवनको टाँडीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चीतवनका प्रमुख एसपी नान्तीराज गुरुंगले जानकारी दिएका छन् ।

लकडाउनको समयमा खुल्लारुपमा घरबाहिर निस्किएकाले उनिहरुलाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीले अत्षवस्यक कामबाहेक बाहिर ननिस्कन सबैलाई अनुरोध समेत गरेको छ ।