खेलकुद

कोरोनाका कारण विभिन्न देशले खोलाडी नपठाउने भएपछि टोकियो ओलक्पिक एक वर्ष स्थगित हुनसक्ने

एजेन्सी । चीनको बुहान सहरबाट फैलिएको कोरोना माहामारीको प्रभाव खेलक्षेत्रमा नराम्रोसंग परेको छ । कोरोना त्रास र संक्रमण रोकथामका कारण विभिन्न मुलुकहरुले आफ्नो देशमा आयोजना गर्ने सम्पुर्ण खेल गतिबिधि स्थगीत गरिसकेका छन् ।

भने खेल क्षेत्रका खेलाडी, प्रशिक्षकहरुले पनि कोरोनाका कारण ज्यान गुमाईसकेका छन् । यस्तै टोकियो ओलम्पिक २०२० खेल स्थगीत हुने सम्भावना बढेको छ । यसै वर्ष आयोजना हुनेतय भएको ओलम्पिक स्थगीत हुन सक्ने बताइएको छ । कोरोना भाईरसका कारण टोकियो ओलम्पिक एक वर्षसम्म स्थगीत हुन सक्ने अन्तराष्ट्रिय ओलम्पिक कमिटिका सदस्य डिक पाउण्डले बताएका छन् ।

उता कोरोना आतंकका कारण अष्ट्रेलिया र क्यानडाले ओलम्पिकमा आफुहरु सहभागि हुन नसक्ने बताइृसकेका छन् । साथै ब्रिटिस ओलम्पिक कमिटिका अध्यक्षले टोकियो ओलम्पिकमा आफ्ना खेलाडी पठाउन नसक्ने बताएपछि ओलम्पिक नहुने संकेत पाउण्डले गरेका छन् ।

मुलुकमा कोरोनामा माहामारी वढ्दै जाँदा विभिन्न मुलुहरुले आफ्ना खेलाडी सहभागि गाउन नसक्ने बताईरहेका कारण खेल स्थगित हुने सम्भावना बढेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले प्रतियोगिताको बिषयमा निर्णय गर्न चार हप्ताको समय माग गरेको छ ।

तर आईओसीका भेट्रान सदस्य पाउण्डले निर्णय चाँडै सार्वजनीक हुने बताएका छन् । क्यानडा र अष्ट्रेलियाले यसअघिनै समरमा हुने टोकियो ओलम्पिकमा आफु सहभागी नहुने प्रष्ट पारिसकेका छन् ।