राजनीति

सरकारले गरेको लकडाउनलाई बिरोध नगरौं, आ-आफ्नो ठाउँबाट साथ दिऔंः नेता उदय

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता एबम् तरुण दलका पूर्व अध्यक्ष उदय शम्सेर राणाले लकडाउनलाई सरकारको विरोध गर्ने अस्त्र नबनाउन आग्रह गरेका छन् । उनले सरकारले तपाई हाम्रै स्वास्थ्य सुरक्षाका लागि गरेको अन्तिम विकल्प भएको जिकिर गरेका छन् । पुर्व अर्थ राज्यमन्त्री समेत रहेका राणाले कोरोनासँग विश्व जुधिरहेका बेला तपाई हामी पनि आआफ्नो ठाउँबाट सरकारको यो कदममा साथ दिऔं भन्दै सार्बजनिक आह्वान गरेका छन् । आजबाट नेपालभर नेकपा नेतृत्वको सरकारले १८ गतेसम्मका लागि लक डाउन गरेको छ। बिश्वभर १६ हजारभन्दा बढी नागरिकको मृत्यु भईसकेको अवस्थामा आफ्ना नागरिकको रक्षाका लागि सरकारले चालेका कदमको सकारात्मक प्रतिकृया स्वरुप नेता राणाले बिचार राखेका छन् ।

उनको स्टाटस्ः लकडाउनलाई सरकारको विरोध गर्ने अस्त्र नबनाऔं । यो त सरकारले तपाई हाम्रै स्वास्थ्य सुरक्षाका लागि गरेको अन्तिम विकल्प हो । कोरोनासँग विश्व जुधिरहेका बेला तपाई हामी पनि आआफ्नो ठाउँबाट सरकारको यो कदममा साथ दिऔं। आफू पनि स्वस्थ रहौं, अरुलाई पनि सजग गराऔं। पहिला स्वास्थ्य अनि बाँकी….