सामाजिक सञ्जाल

सरकारलाई नेता थापाको आग्रहः लक डाउनको विषयमा जनतामा अन्यौलता छायो प्रष्ट पार्दिनुस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता गगनकुमार थापाले लकडाउनको बारेमा नागरिकमा अन्यौलता छाएको भन्दै प्रष्ट पारिदिन सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता थापाले लकडाउनमा नागरिक ले के गर्न पाउँछन्, के गर्न पाउँदैनन् भन्नेमा अलमल देखिएको भन्दै अविलम्ब प्रष्ट पारिदिन सरकारको ध्यानाकर्शन गरेका छन् ।

उनले लकडाउनबाट संक्रमणको फैलावट रोक्न कसरी मद्दत पुग्छ भन्ने बारेमा समेत सम्पुर्ण नागरिकलाई जानकारी गराउन  आग्रह गरेका छन् ।

यो विषयमा नागरिकलाई प्रष्ट बुझाउन सकियमा सुसुचित नागरिक सहयोगी हुनेछन् र लकडाउन को यो अत्यावश्यक कदम अझ प्रभावकारी हुने उनले बताए । कोरोना भाईरस संक्रमण रोक्न भन्दै नेपाल सरकारले आजदेखी एक साताकालागि मुलुकलाई लकडाउन लगाएको छ ।

बिहान ६ बजेदेखी यो लागुभएको छ र कोहि घरबाहिर निस्कीए कडा कारबाहि गर्ने चेतावनी दिईएको छ । जनतालाई यस्को बारेमा प्रष्ट जानकारी नहँदा सरकारको यो नियम उल्लंघन गर्दै बिहानै देखी सडमा हिँडिरहेका छन् ।

 

उनको ट्वीटः @IshwarPokhrel यो लकडाउनमा नागरिक ले के गर्न पाउँछन्, के गर्न पाउँदैनन् भन्नेमा अलमल रहेको देखियो । अविलम्ब प्रष्ट पारिदिनुस । लकडाउनबाट संक्रमणको फैलावट रोक्न कसरी मद्दत पुग्छ भन्ने समेत बताउनुस । सुसुचित नागरिक सहयोगी हुनेछन् र लकडाउन को यो अत्यावश्यक कदम अझ प्रभावकारी हुनेछ ।