अन्तर्राष्ट्रिय

कोरोना, ईटालीमा मृत्युदर उच्चः ६ हजार वढिको मृत्युः एकैदिन ६ सय २ ले गुमाए ज्यान

काठमाडौं । चीनबाट फैलिएको प्राणघातक भाईरस कोरोनाले ईटालीमा आतंक मच्याएको छ । ईटालीमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या उच बृद्धि भएको छ ।

ईटालीमा आजसम्मम ६ हजार वढीको मृत्यु भईसकेको छ । ईटालीमा सोमबार मात्रै ६ सय २ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । एकैदिन ६ सय १ को मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगेको हो ।

कोरोना भाईरसको उत्पत्ति चीनमा यसको प्रकोप सामान्य बन्दै गईरहेका बेला ईटालीमा भने भयावह रुप लिँदै गएको छ । चीनको मृत्युदरको दुई गुण बढी ईटलीमा भएको छ । ईटालीमा मृत्यु संगै संक्रमीतको संख्यापनि तिब्र रुपमा वढिरहेको छ ।

यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यस्तै चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६।८० प्रतिशत संख्या इटलीको छ ।

हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ । इएटलीमा पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ । ।