राजनीति

नेता केसीको अपिलः कोरोना माहामारी विरुद्ध लड्न विवाद होईन एकताका साथ सबै नेपाली एकजुट हौं

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री अर्जुननरसिंह केसीले विश्वभरी माहामारीका रुपमा फैलिएको कोरोनभाईरसको भ्रम र हल्लाले आतंकित नभई संयमीत बन्न सबैलाई आग्रह गरेका छन् ।

नेता केसीले यो राष्ट्रिय चुनौतीमा समग्र एकता, उच्चमनोबल र आत्मविश्वास का साथ सरकारको निर्देशन र WHO का सुझावहरूमा विश्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत नेता केसीले कारोनाको यो माहामारी विरुद्ध लड्नलाई विवाद नभई एकता साथ सम्पुर्ण नेपालीहरु एकजुट भई अघि बढ्नु पर्नेमा जोड दिएका छन् ।

साथै उनले चिकित्सक जनशक्ति, उपकरण र स्वास्थ्यकर्मीहरूको आबस्यक व्यवस्थापन, कोरोना परीक्षण सुलभ गर्ने कार्य व्यवस्थित गर्न सरकारलाई आग्रह गरे ।

उनको ट्वीटः यो राष्ट्रिय चुनौतीमा समग्र एकता,उच्चमनोबल र आत्मविश्वास का साथ सरकारका निर्देशन र WHO  का सुझावहरूमा विश्वास गरौँ ! विवाद होइन, एकता साथ अगिबढौ । चिकित्सक जनशक्ति, उपकरण, र स्वास्थ्यकर्मीहरूको आबस्यक व्यवस्थापन,कोरोना परीक्षण सुलभगर्ने कार्य व्यवस्थितहोस । भ्रम र हल्लाले आतंकित नबनौ ।