अन्तर्राष्ट्रिय

भारतमा कोरोनाले भयानक रुप लिँदै, १० को मृत्युः ४ सय ९९ संक्रमीत

एजेन्सी । कोरोना भाईरस (कोभिड १९) का काण ज्यान गुमाउनेहरुको संख्या भारतमा बढिरहेको छ । आजसम्म भारतमा १० जनाको कोरोना भाईरसका कारण मृत्यु भएको छ ।

भने ४ सय ९९ जनामा कोरोनाको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको हो भने १ सय ३ जना नयाँ कंक्रमीत फेला परेका हुन् ।

भारतमा जनवरी ३० मा पहिलो पटक त्यहाँको केरला राज्यमा कोरोना संक्रमित भेटिएका थिए । त्यसयता भारतका विभिन्न राज्यमा यो भाइरस फैलिसकेको छ ।

वल्र्डो मिटर्स डट कमका अनुसार भारतमा अहिलेसम्म ३४ जना संक्रमित निको भइसकेको छन् । पछिल्लो तीन दिनमा मात्रै अढाई सय नयाँ केसहरु सतहमा आएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाइरहेका छन् ।

अहिलेसम्म भारतमा कोरोना संक्रमित देखिएका मध्ये ४० जना भने विदेशी रहेको देखिन्छ भने अन्य अधिकांश केस पनि बाहिरबाटै आउनेमा देखिएको छ ।