प्रवास

डा भट्टराईको सरकारलाई आग्रहः विभिन्न देशमा अलपत्र नेपालीको उद्धारमा खट्नुहोस्

काठमाडौं । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले विभिन्न देशमा अलपत्र परेका नेपालीको उद्धारमा खटन सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा भट्टराईले विभिन्न देशमा अलपत्र परेका र पर्नसक्ने ठूलो संख्याका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारको विशेष व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।

उनले देशभित्र जत्तिकै ठूलो सक्रिय जनशक्ति देशबाहिर छ भन्ने बुझेर आपत्कालीन कार्ययोजना बनाउन सरकारको ध्यानाकर्शण गराएका छन् ।

उनको ट्वीटः विभिन्न देशमा यसरी अलपत्र परेका र पर्नसक्ने ठूलो संख्याका नेपाली नागरिकहरूको सुरक्षा र उद्धारको विशेष व्यवस्था गर्न सरकार अग्रसर हुनुपर्यो ! देशभित्र जत्तिकै ठूलो सक्रिय जनशक्ति देशबाहिर छ भन्ने बुझेर आपत्कालीन कार्ययोजना बन्नुपर्यो ! कोरोनाप्रभावित अरू देशभन्दा हाम्रो फरक यही हो !