आर्थिक

माछापुच्छ्रे बैंकको सिईओ काइरालालाई नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्‍चालक समितिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा आगामी चार वर्षका लागि सन्तोष काइरालालाई नियुक्ति गरेको छ । नवनियुक्त सिईओ काइरालाले आगामी बैशाख १ गतेदेखि सिईओको कार्यभार सम्हाल्नेछन् ।

यसअघि तत्कालीन सिईओ सुमन शर्माले राजिनामा दिएपछि कोईराला कामु सिईओ नियुक्त भएका थिए । २१ वर्षदेखि बैंकिङमा क्षेत्रमा रहेका कोइरालाले बैंक अफ काठमाण्डूबाट बैंकिङ क्षेत्रमा काम सुरु गरेका थिए । कोइराला बैंकिङ क्षेत्रमा पुराना मात्र नभए धेरै अनुभवी अधिकृतको रुपमा परिचित छन् । उनले चार्टर्ड अकाउन्टेन्ट  पास गरेका छन् ।