प्रदेश 2

कोरोना सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै थुनुवालाई धरौटीमा हिरासतमुक्त

जनकपुरधाम, १० चैत । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा गम्भीर प्रकृतिका मुद्दाबाहेकका थुनुवालाई धरौटीमा हिरासतमुक्त गर्न थालिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार भाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी थुनुवाको सङ्ख्या कम गर्ने रणनीतिअनुरूप सामान्य प्रकृतिका मुद्दाका थुनुवालाई कानूनी प्रक्रिया पु¥याई हिरासतमुक्त गर्न लागिएको हो ।

यसअघि कोरोना भाइरसको सङ्क्रमणको स्थितिलाई मध्यनजर गर्दै प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले कारागारमा रहेका थुनुवाको सङ्ख्या घटाउन सरकारलाई दिएको निर्देशन थियो । सो कार्यालयमा विभिन्न प्रकृतिका मुद्दाका ६० जना थुनुवा रहेकामा आइतबार १२ जनालाई धरौटीमा हिरासतमुक्त गरिएको छ भने आज १० जना थुनुवालाई मुद्दा हेर्ने अधिकारी समक्ष पेश गरिएको बताइएको छ ।