सामाजिक सञ्जाल

गुरुगंको ओलीलाई व्यंग्यः बरु पशुले कुरा बुझ्ला, यसले बुझ्दैन

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता धनराज गुरुगंले नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओली सरकारलाई राम्रो कुरा सबैले पटक पटक भन्दा पनि नमानेको भन्दै दुःख पोखेका छन् । उनले काँग्रेस प्रतिपक्षी दल भएपनि राम्रा सललाह सरकारले मान्नुपर्ने भएपनि ओली सरकारले बच्चाको जस्तो ब्यवहार गरेको संकेत गर्दै व्यंग्य गरेका छन् । उनले आफ्नो आफू बच्चा हुँदा बुबाले भनेको नमानेको कथासँग जोड्दै ओली सरकारलाई ब्यंग्य गरेका छन् भने अर्कोतिर आज नेपालगंजमा महानगरपालीका र प्रहरीको समन्वयमा क्वारेन्टायनमा राख्न ल्याईएकाहरु भागेको घटनालाई जोडेर ठट्यौली पारामा चिन्ता ब्यक्त गरेका छन् ।

उनले कोरोना भाईरस माहामारी भएको र यसको नियन्त्रणका लागि सरकारले मुलुक नै लक डाउन गर्न पटक पटक भनेपनि सरकारले बेवास्ता गरेको देखेर उनले आक्रोशित हुंदै उक्त व्यंग्य गरेका हुन् । यस अघिका ट्वीटमा उनले लक डाउन गर्न माग गरिसकेका छन् ।

उनको स्टाटस्ः
क्वारेनटाइनका भगौडा र मेरो बालकथा मेल खाएमा संयोग मात्रैः
म सानो छँदा बा सम्झाउनु हुन्थ्यो,’असिना-पानी पर्दा बाहिर निस्कन हुन्न।’ तर असिना टिप्ने बालढिपीलाई म रोक्न सक्दिनथें। एक दिन बाले रिसाएर भन्नुभयो, ‘बरु पशुले कुरा बुझ्ला, यसले बुझ्दैन।’ आमाले भन्नुभयो,’बच्चाले कुरा बुझ्दैन।’