मनोरञ्जन

बाजा बजाउदै बले र प्रिज्मा (भिडियो सहित)

१० चैत, काठमाडौं । सागर लम्साल बले र प्रिज्मा खतिवडाले चैतमै बाजा बजाएका छन् । पछिल्लो समयमा प्रेम सम्बन्धका कारण चर्चामा रहेको यि जोडीले म्युजिक भिडियोमा बाजा बजाएका हुन् ।

लोकप्रीय गीतकार लोकराज अधिकारीको शब्द रचनामा तयार भएको बाजा बजाउदै बोल को म्युजिक भिडियोमा सागर र पृज्माको अलवा पृन्सी खतिवडा र प्रदिप लिम्बू को पनि अभिनय रहेको छ ।

सुजाता केसि र अर्जुन पोख्रेलको आवाज अनि पोख्रेलकै संगीत रहेको गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले कोरियोग्राफी र निर्देशन गरेका हुन् । अर्जुन तिवारीले खिचेको भिडियोलाई दिपक बिस्टले सम्पादन गरेका हुन् ।

भिडियो द डिभाइन म्युजिकको युटुब बाट सार्बजनिक गरिएको हो । गीत र म्युजिक भिडियोलाई दर्शक श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
[youtube https://www.youtube.com/watch?v=mGKYwRSE108]