आर्थिक

एनआईसी बैंकका नियमित र बिदा काउण्टर यथावत सञ्चालन हुने

१० चैत, काठमाडौं । कोरोना भाइरस (COVID-19) को सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एन आईसी एशिया बैंकले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा र कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

तसर्थ हाल यस बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू २०७६ चैत्र १० देखि बन्द रहनेछन् । तर बैंकको नियमित काउण्टर सेवाहरू भने बैंकका सम्पूर्ण ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) यथावत सञ्चालन हुनेछन् ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुन्छ । डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रहि आफ्ना ग्राहकवर्गलाई नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले ग्राहकको स्वास्थ्य तथा सुविधालाई मध्येनजर गर्दै आफ्ना ग्राहक महानुभावहरुलाई घरमै बसेर अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने निम्नलिखित भुक्तानीका सेवाहरू अर्काे सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको जानकारी गराए ।