स्वास्थ्य

जी.पी कोईराला फाउण्डेशनले सिकायो सेनेटाईजर प्रयोग विधि

वीरगंज १० चैत्र । कोभिड १९ अर्थाथ कोरोना भाईरस अहिले विश्वमा महामारीको रुप लिई रहेको छ । विश्वमा नेपाल बाहेक अन्य १८० भन्दा बढी मुलुकहरुमा कोरोनाको लक्षणहरु देखिएको छ भने हजारौ मानिसहरुले यस महामारीबाट आफनो ज्यान समेत गुमाइ सकेका छन ।

विश्व स्वास्थ्य संगठनले नेपाल पनि यस महामारीको चपेटामा आउन सक्ने र उच्च जोखिममा रहेको बताए पछि नेपाल सरकारले उच्च सतकर्ता अपनाउन थालेको छ ।

जी.पी कोईराला फाउण्डेशन पर्साले आज पनि आफनो र्निधारित कार्यतालिका अनुसार वीरगंज छपकैया ३ मा सेनेटाईजर प्रयोग विधि सिकाएको छ भने १००० जना टोलवासीलाई माक्सको व्यवस्था गरेको छ ।

आफनो समाजिक उत्तरदाष्त्विलाई मन्न गर्दै जी.पी.कोईराला फाउण्डेशन पर्सा फमउण्डेशनको वडा समिति ३ छपकेयाले आफनो कार्य निर्वाह गर्दै आएको छ । यही यथावत कुराहरुलाई लिएर फाउण्डेशन पर्साले वीरगंजको छपकैयामा आफु पनि बाचौं र आफनालाई पनि बाच्न दिउ भन्ने नाराका साथ सचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

वीरगंज छपकैया क्षेत्रका स्थानियहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको छ । कोरोना भाइरसबाट बाच्न माक्स प्रयोग गर्न र सामान खरिद, बक्री गर्दा, पैसा लिदा वा फिर्ता गर्दा सेनिटाइरजरको प्रयोग गर्ने विधि सिकाएको संस्थाका वडाबर्मय समितिका अध्यक्ष सदिप कुमार केवटले जनाए । यही र्कायक्रमलाई निरन्र्तता दिदै फाउण्डेशन पर्साले भालि विहान वीरगंजको विभिन्न स्थानहरुमा स्यानेटाईजर तथा माक्स वितरण गर्ने भएको समितिका सह सचिव सुल्तान अंसारीले बताएका छन ।

कार्यक्रमको संयोजक्तव फाउण्डेशन वडा समितिका अध्यक्ष सदिप केवटले गरेका थिए भने प्रमुख अतिथि फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिन रहेका थिए, फाउण्डेशनका वडा कार्य समितीका पदाधिकारी नेपाली काग्रेंस बुथ वडा कार्य समिति ३ का सभापति शेख नेजामुदिन , अख्तर अंसारी, नुरुनबि अंसारी, मुर्तुजा मंसुरी,वहाब अंसारी, फिरोज अंसारी, नरेन्द्र चौधरी, कमलेश र्कण , फजिल अंसारी,मोहम्मद मुर्तुजा , छभलु मियां स्थानिय समाजसेवी पप्पु सिंह, सुनिल सिंह,सेख नेयाज,शेख एजाज , शेख फैयाज शेख बसरुदिन, रुस्तम मिया मंसुरी लगायतका र्कायक्रताहरुको सहभागिता रहेको थियो ।