समाचार

रक्षक नै भक्षक भएपछिः लुटपाटको आरोपमा समातियो प्रहरीको एक टोलि

मकवानपुर । चार जनाको एक टोली लुटपाटको आरोपमा पक्राउ परेका छन् । लुटपाटमा संलग्न भएको अभियोगमा आफुलाई पत्रकार बताउने एक जना र अन्य तिन जना प्रहरीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्रबहादुर बसेलको नेतृत्वमा लुटपाटको योजना बनाएर मकवानपुर पुगेको ४ जनाको समूहलाई आइतबार राती पक्राउ गरिएको हो । पक्राउ पर्नेमा असई बसेलसहित प्रहरी जवानहरु हेमाकान्त पुनमगर र वीरबहादुर बस्नेत रहेका छन् ।

त्यस्तै आफूलाई पत्रकार रुपमा चिनाउने सुजन आचार्य पनि नियन्त्रणमा छन् । डियुटी अफ भएको टाइममा गएर घटना गराउने योजना भएको देखिएको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले कडाभन्दा कडा कारबाहि गर्ने चेतावनी दिएका छन् । उनीहरु हिरा किन्ने भन्दै मकवानपुर पुगेको उनिहरु घुमुवा टोलीका  थिए ।