अन्तर्राष्ट्रिय

कोरोना प्रभाव, इटालीमा भयावह अवस्था, बिश्वभर मृत्यु हुनेको संख्या १५ हजारको नजिक

काठमाडौं । इटाली चीनको बुहान सहरबाट फैलिएको प्राण घातक भाईरस कोरोनाको अवस्था भयावह बनेको छ । इटाली मृत्यु र संक्रमीतको संख्या तिब्र गतिमा बढेको छ । त्यहाँ हिजोमात्रै एकैदिन ६ सय ५१ जनाको मृत्यु भएको छ ।

जुन हिँजो विश्वभरी मृत्यु हुनेहरुको संख्याको आधाभन्दा धेरै हो । हिजो एकैदिन विश्भरी कोरोना भाईरसले १ हजार ६ जनाको ज्यान लिएको छ । जसको धेरै प्रभाव ईटलीमै देखिएको छ ।

यस्तै अन्य मुलुकहरुमा पनि कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या बढिरहेको छ यसै क्रममा स्पेनमा ३ सय ७५, अमेरिकामा १ सय १४, इरानमा १ सय २९ तथा फ्रान्समा १ सय १२ जनाको मृत्यु भएको छ । त्यस्तै कोरोना संक्रमणबाट बेलायतमा ४८ तथा नेदरल्याण्डस्मा ४३ जनाको मृत्यु भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अन्य थुप्रै देशमा मानिसहरुको मृत्यु भइरहेको छ । इटलीमा हालसम्म मृत्यु हुनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । त्यस्तै स्पेनमा मृत्यु हुनेको संख्या १ हजार ७ सय ५६ पुगेको छ । इरानमा मृत्यु हुनेको संख्या १ हजार ६ सय ८५ पुगेको छ।

हिजो अमेरिकामा सबैभन्दा बढी ८ हजार ५ सय ७६ जना नयाँ संक्रमित थपिएका छन् । इटलीमा साढे ५ हजार थपिएका छन् भने स्पेनमा ३ हजार, जर्मनीमा साढे २ हजार तथा फ्रान्समा १५ सय भन्दा बढी संक्रमित हिजो थपिएका छन् ।

योसँगै विश्वका १ सय ८० भन्दा बढी देश र विभिन्न क्षेत्रमा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ । संक्रमितको संख्या ३ लाख ३६ हजार ७५ पुगेको छ भने झण्डै एक लाख मानिस उपचारपछि निको भएका छन् । चीनपछि धेरै प्रभावीत ईटलीमा परेको छ ।

मृत्यु दरको मामलामा चीनलाईपनि उछिनिसकेको छ ईटलीले । उता चीनमा भने कोरोना नियन्त्रणमा आईरहेको छपहिलेको तुलनामा मृत्युहुनेहरु र संक्रमीतको संख्यामा कमी आईरहेको छ ।