पु.समाचार

आजदेखि मुलुकैभर लामो दुरीका सवारी साधन चल्न नपाउनेः छोटो दुरीका भने यथावत

काठमाडौं । आजदेखी राजधानीबाट चल्ने लामो दुरीका यातायातमा रोक लागेको छ । काठमाडौं उपत्यकाबाट बाहिरी जिल्ला जानलाई आजदेखी केहिदिन बन्द हुने भएको छ ।

कोरोनाको जोखिमलाई मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रकानाममा सम्बोधन गर्दै यस्तो घोषणा गरेका थिए जुन आजदेखी लागु भएको छ । बिश्वव्यापी फैलिएको कारोना माहामारीको संक्रमणबाट बच्न आज सोमबारदेखि देशैभरी लामो दुरीका सवारी साधन नचल्ने भएका हुन् ।

प्रधानमन्त्री ओलीले गरेको सम्बोधनमा भनिएको छ, ‘आगामी चैत १० गते ९आज०देखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको छ।’

महागरीय ट्राफिक महाशाखाका अनुसार लामो दूरीअन्तर्गत एक जिल्लाबाट अर्को जिल्लामा पनि गाडी चलाउन नपाइने भएको छ । यद्यपि अत्यावस्यकका एम्बुलेन्स, मोटरसाईकल, लगाएतका सवारी भने चल्ने बताईएको छ । लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएपछि आज विहानैदेखि काठमाडौंका सडक सुनसान हुन थालेका छन् ।

यस्तै कोरोनाको आतंकका कारण २–३ दिनमा लाखौंले काठमाडौं छाडेका छन् आजबाट त्यो बन्द भएको छ । बजारमा चहलपहल पनि निकै कम भएको छ । सार्वजनिक सवारीसाधनको संख्या ह्वात्तै घटेको छ भने निजी सवारीसाधन पनि कमै चलेका छन् ।

सम्बोधनमा ‘केही अवधिका लागि’ भनिएकाले यो बन्द कहिलेसम्म जारी रहन्छ भन्ने अनिश्चित रहेको छ यस्मा कुनै मिति तोकिएको छैन । सायद सरकारले कोरोनाको तासको स्थीति हेरेर सवारीसाधन सञ्चालन गर्ने देखिन्छ ।

तर विश्वभरी फैलिएको यो प्राणघघातक भाईरस कहिलेसम्म हराउछ भन्नेमा आजसम्म कसैले भन्न सकेको छैन । जसले गर्दा यातायात कहिले खुल्छ भन्नेबारे एकिन गर्न सकिँदैन । यस्तै अन्तर्राष्ट्रिय उडान हिजै९आइतबार०देखि बन्द गरिएको छ ।

तर, आन्तरिक उडान र छोटो दुरीका सवारी साधन भने यथावत सञ्चालन हुनेछ सरकारले जनाएको छ।