प्रवास

एन आर एन को कोरोना नियन्त्रणमा एक करोड सहयोग

काठमाडौं । प्राणघातक भाईरसको आतंकले यतिबेला विश्वनै आतंकीत बनेको छ । बिभिन्न मुलुकहरुमा गरेर मृत्यु हुनेहरुको संख्या हजारौं भईसकेको छ भने कयौं मुुलुकमा फैलिएको भाईरसले लाखौंलाई संक्रमीत बनाएको छ ।

जसले गर्दा यतीबेला नेपालमा पनि भाईरसको त्रासले सम्पुर्ण नेपाली आतंकीत बनेका छन् । सम्पुर्ण शैक्षिक संस्था, होटेल,व्यापार, पसल,उद्योग कलकारखानादेखी सबै आजदेखी पुरै ठप्प भएका छन् । यस्तो अवस्थामा चरम आर्थिक संकट पर्ने जोखिम बढेको छ । यस्तै सरकारले ५० करोडको केन्द्रिय कोष खडा गरेको छ ।

यस्तै एनआरएनले पनि कारोना माहामारिको यो संकटमा धेरै ठुलो रकम सहयोग गर्ने भएको छ । गैर आवासीय नेपाली संघ (एनआरएन) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । 

नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो ।

संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न गठित नेपाल सरकारको केन्द्रीय कोषमा उक्त रकम जम्मा गरिने बताएका छन् ।

एनआरएनएले यसअघि श्रमिक कल्याणकारी कोषका लागि एक करोड ६ लाख रूपैयाँ सहयोग गर्ने निर्णयसमेत गरेको थियो ।