समाचार

ओली सरकारलाई डा कोईरालाको आग्रहः कोरोना जोखिमबाट बच्न नेपाललाई तत्काल लकडाउन गर्नुहोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा शेखर कोईरालाले नेपाललाई तत्काल लकडाउन गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट मार्फत डा कोईरालाले भारतबाट खुल्लारुपमा आएकाहरुको व्यवस्थीत तरिकाले कोरोना भाईरस परिक्षण गरी तत्काल लकडाउनु गर्नुपर्नेमा जोड दिएका छन् ।

साथै उनले बिस्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस कोरोड १९ ले नेपाली जनजिवन त्रसित र भयावह बनाएको भन्दै भारतिय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था नभएको प्रति चिन्ता प्रकट गरेका छन् ।

डा कोईरालाले सरकारले ति ब्यक्तीहरुको लागी प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरेर उनीहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउँनु पर्नेमा जोड दिएका छन् । उनले मौसमी रुघाखोकी र ज्वरोका बिरामीको नि चेकजाँच गर्नु आग्रह गरेका छन् ।

 

उनको ट्वीटः बिस्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस COVID-19 ले नेपाली जनजिवन त्रसित र भयावह बनाएको छ । भारतिय नाकाबाट नेपाल भित्रिएका हजारौं नेपालीहरुलाई चेकजाँचको उचित ब्यवस्था छैन

सरकारले ति ब्यक्तीहरुको लागी प्रभावकारी तरिकाले चेकजाँचको प्रवन्ध गरेर उनीहरुलाई १४ दिन अनिवार्य सेल्फ क्वारेन्टाईनमा बस्न लगाउँनु पर्छ । मौसमी रुघाखोकी र ज्वरोबाट संक्रमितहरुको RANDOM कोरोना भाइरसको परिक्षण गरिनुपर्छ र सरकारले मुलुकलाई तत्कालै लक् डाउँन गर्नुपर्छ ।