समाचार

बिरगंजका ब्यापारीलाई कोरोना लागेको भन्ने समाचार असत्यः अस्पताल

९ चैत, काठमाडौं । बिश्वब्यापी माहामारीके रुपमा रहेको कोरोनाले गर्दा अहिले नेपालमा पनि धेरै प्रभाव परेको देखिन्छ।

नेपालमा यसको संक्रमण नदेखिएपनि प्रभाव भने परेको छ कोरोनाको संक्रमण भएको आशंकामा बिरगंजका एक नेपाली पटना मेडिकल कलेज, बिहारमा भर्ना भएका थिए ।

भारतीय मिडियाहरुले उनलाई कोरोना सक्रमण भएको बताएपनि अस्पतालले उनलाई कोरोना संक्रमण भएको प्रमाणीत भईनसकेको बताएका छन् । एक ब्यापारी घरनाका रुगंटा थरका ती ब्यक्तीलाई कोरोना भएको वा नभएको प्रमाणीत हुन अझै केहीदिन लाग्ने अस्पतालका डाक्टर प्रा. डा. विद्यापति चौधरीले जानकारी दिए ।

प्रा. डा. चौधरीले भने ूउनको उपचार जारी छ, केही रिपोर्ट आउन बाँकी नै छ । ‘हामीले उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ भाइरलोजी, पुनेमा पठाएका छौं ।’
नेपालमा उनलाई कारोना लागेको भन्ने समाचारले एकपटक आतंक श्रृजना गएको थियो । उनलाई कारोनासँग मिल्दोजुल्दो लक्षणमात्र देखिएको अस्पतालले बताएको छ ।