आर्थिक

माछापुछ्रे बैंक र महानगरिय प्रहरीको संयुक्त पहलमा काठमाण्डौँका बिभिन्न स्थानमा हातधुने व्यवस्था

काठमाडौँ, ९ चैत । माछापुछ्रे बैंक र महानगरिय प्रहरी कार्यालयको संयुक्तपहलमाहालविश्वभरकाअधिकांश देशमा देखिएको कोरोनाभाईरसको संक्रमणबाट बच्नको लागि साबुनपानीले हातधुन अनुरोध गर्दै काठमाणडौँकाविभिन्न स्थानमा साबुनपानीको व्यवस्था गरेको छ । माछापुछ्रे बैंकले आईतबारदेखि काठमाण्डौँको अत्यन्त भिडभाड हुने स्थान नयाँ बानेश्वर चोकमा ५००० लिटरको पानी ट्याङ्कीतथा साबुन/स्यानिटाईजरको व्यवस्था गरेको हो ।आइतबार बिहानबानेश्वर चोकमाव्यवस्थागरिएको हातधुने ठाउँको महानगरिय प्रहरी कार्यालय रानीपोखरी काठमाण्डौका प्रमुख प्रहरी नायव महानिरिक्षक विश्वराज पोखरे तथा माछापुछ्रे बैंकका निमित्त प्रमुख कार्यकारी अधिृकत सन्तोष कोइरालाले संयुक्त रुपमाउद्घाटन गरेका थिए ।

अत्याबश्यक कामका लागि बाहिर निस्किने आम नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै बैंकले बानेश्वर चोक लगायत काठमाण्डौ तथा भक्तपुरका अत्यन्त भिडभाड हुने प्रमुख १६ स्थानहरुमा हात धुने ठाउँको व्यवस्था गरेको हो । विश्वका अधिकांश देशमा महामारीको रुपमा देखा परेको कोरोनाको संक्रमणबाट बच्नको लागि साबुन पानीले हातधुनु अनिबार्य रहेको तथा कामबिशेषले बाहिर निस्किने नागरिकको लागि सबै सार्बजनिक स्थानमा हात धुन सम्भब नहुने हुदाँ बैंक तथा महानगरिय प्रहरी कार्यालयले आम नागरिरको स्वास्थ्यलाई ध्यानमा राख्दै उक्तव्यवस्था गरेको हो ।