मनोरञ्जन

“चञ्चले नानी “मा विल्सन र शिल्पाको रोमान्स (भिडियो सहित)

९ चैत, काठमाडौं । गायक अमर राईको स्वरमा रहेको नयाँ गीत “चञ्चले नानीले” सार्वजनिक भएको छ । गायक राइको सार्वजनिक ‘चञ्चले नानीले’ बोलको गीतमा मणिपाल राईको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा विल्सन विक्रम राई र शिल्पा पोखरेल देखिएकी छिन् । भिडियोमा यी दुईको जोडीलाई सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ । निकेश खड्काले निर्देशन गरेको भिडियोमा विल्सन शिल्पाको पछि परेका छन् ।

यी दुईको प्रेमभावलाई नै भिडियोमा देख्न सकिन्छ । गीतलाई राजिव समरले कोरियोग्राफ गरेका हुन्। उत्तम हुमागाईंले खिचेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका छन् । भिडियोमा गाउँको एक कथालाई प्रस्तुत गरेको र आफूले गीतमार्फत चञ्चले नानीको सुन्दरताको बयान गरेको गायक अमर राईले बताएका छन् ।

[youtube https://www.youtube.com/watch?v=ol7CKk6omfY&w=1135&h=584]