मनोरञ्जन

छक्का पञ्जा ३ डिशहोम सिनेमा घरमा

९ चैत, काठमाडौं । दर्शकद्वारा अत्याधिक रुचाईएको लोकप्रिय नेपाली चलचित्र छक्का पञ्जा ३ अव डिशहोम सिनेमाघर च्यानल नं. १०८ मा भव्य प्रदर्शन भइरहेको छ । ग्राहकहरुको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तिन वर्षदेखी सिनेमाघर १०८ संचालन गर्दै आएको डिशहोमले केही समय अगाडी सिनेमाघर ८८८ पनि संचालनमा ल्याएको छ । यि दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने गर्छ ।

डिशहोमले संचालनमा ल्याएको सिनेमा घरमा सिनेमा हलको पहुँच नभएका दुर दराजका ग्राहकहरुले छानी-छानी नयाँ-नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने छन् । ९८०११९०९९० माफोन गरेर दिएको साधारण निर्देशनअनुसार सिनेमा घरमा प्रदर्शन भईरहेको चलचित्र सजिलै खुलाउन सकिन्छ साथै डिशहोमको ग्राहक सेवा केन्द्रमाफोन गरेर, साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।