प्रदेश 1

कोभिड–१९ : सिरहामा दुई नाका सञ्चालन

लहान, ९ चैत । कोभिड– १९ सङ्क्रमणको सम्भावित खतरालाई दृष्टिगत गरी भारतसँग जोडिएका दुई नाकाबाहेक सिरहाका सबै नाका आज बिहानदेखि बन्द गरिएको छ । छिमेकी मुलुक भारतमा समेत कोरोना भाइरस फैलिएपछि भारतसँग जोडिएका माड्र र ठाडीबाहेक जिल्लाका सबै नाका आज बिहानदेखि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए ।

खुला सीमाका कारण भारतबाट मानिसको ओहोरदोहोरबाट भाइरस भित्रिन सक्ने जोखिलाई मध्यनगर गरि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार ती दुई नाकाबाहेक सबै सीमा नाका बन्द गरिएको प्रजिअ गुरागाईंले बताए । परिस्थिति जटिल बन्दै गए खुला राखिएका ती दुवै नाकासमेत बन्द गर्न सकिने र खुला रहेका नाकामा सुरक्षा निगरानी बढाइनुका साथै दुई/दुई हेल्थ डेस्क राखिएको बताइएको छ ।

यस्तै कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरी सिरहामा १५ आइसोलेसन कक्ष तयार पारिएको छ । सदरमुकामस्थित जिल्ला अस्पताल, धनगढीमाई नगरपालिकास्थित आरके मेडिसिटी अस्पताल र कर्जन्हा नगरपालिकास्थित फुलकुमारी मेमोरियल अस्पतालमा पाँच/पाँच श्यया गरी १५ श्ययाका आइसोलेसन कक्ष तयार पारिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।