सुदूरपश्चिम

कोरोना रोकथाम गर्न असाहय बालबालिका र महिलाहरुका लागि अखिल क्रान्तिकारीले गर्यो यस्तो सहयोग

कैलालि । विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थि संगठन अखिल क्रान्तिकारीले विश्वभर फैलिएको महामारी कोरोना रोकथामका लागि विभिन्न सामाग्रि सहयोग गरेको छ ।

कोराना भाईरस सम्बन्धि जनचेतना र रोकथामका लागि अखिल क्रान्तिकारी कैलालीले धनगढीमा रहेको असाह्य बालबालिका र महिलाहरु बस्ने दृष्टि फाउन्डेसनमा मास्कहरु , डिटोल साबुनहरु , हन्याड वासहरु , सेनिटाईजरहरुका साथै फलफुल र नगद रुपैयाँँ २ हजार १ सय ५० सहयोग स्वरुप प्रदान गरिएको छ ।

सो कार्यक्रममा सङ्गठन का सेतिमहाकाली संयोजक विरेन्द्र शाह , सङ्गठनका केन्द्रीय सदस्य बबर जङ्ग सिंह ,नेकपा नगर पार्टी इन्चार्ज प्रकाश रावल , अखिल क्रान्तिकारी कैलाली अध्यक्ष सुबाश जोशी लगायत जिल्लाका विद्यार्थी नेताहरुको सहभागी थिए  ।

कार्यक्रममा दृष्टि फाउन्डेसन कि संचालिका कल्पना भट्ट ले आफुहरु राज्यका विभिन्न निकायमा सहयोगको लागि गुहार माग्दा पनि कहिँबाट बाट सहयोग नभएको गुनासो गरेकी थिईन ।

उनले विद्यार्थी सङ्गठनले कोरोना भाइरस को महामारी फैलिरहेको अवस्थामा सो रोगको रोकथामका लागि मास्क, साबुन र सेनेटाईजर वितरण गरेर आफ्नो घाउमा मलम लागेको प्रतिक्रिया दिएकी थिईन् ।

साथै अन्त्यमा उनले सबै सहभागी विद्यार्थी नेताहरु लाई दृष्टि फाउन्डेसन ले निर्माण गरेको ब्याच माया को चिनो स्वरुप प्रदान गर्दै धन्यवाद व्यक्त गरेकी थिईन् ।

सङ्गठनको तर्फबाट सेतिमहाकाली संयोजक विरेन्द्र शाह र केन्द्रिय सदस्य बबर जङ्ग सिंहले आफ्नो सङ्गठन सदैव दृष्टि फाउन्डेसन को साथमा रहि सक्ने सहयोग हमेशा गरिरहने प्रतिबद्धता गरेका थिए ।