राजनीति

अध्यक्ष थापा ओली सरकारलाई भन्छन्ः सीमा नाका तत्काल बन्द गरौं, अझै पनि संक्रमण पर्खेर नवसौं

काठमाडौं । राप्रपा अधयक्ष कमल थापाले तत्काल कोरोना संक्रमण रोक्न भारतबाट नेपाल आउने खुल्ला सीमा बन्द गर्न नेकपा अध्यक्ष केपी शर्मँ ओलीलाई आग्रह गरेका छन् । यसअघि पनि आग्रह गरिसकेका अध्यक्ष थापाले ओली सरकारले नसुनेपछि पुःन नाका बन्द गर्न आग्रह गरेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै उक्त आग्रह गरेका हुन् । अध्यक्ष थापाले सरकारलाई भनेका छन्, घर फर्केका नेपालीहरुको अनिवार्य स्वास्थजांच र ‘क्वारेन्टायन’ गरियोस्। हेलचक्राई नगरौं। संक्रमण पर्खेर नवसौं।

नेपालसंग सिमा जोडिएका भारतीय राज्य बिहार, युपि, पश्चीम बंगाल भाईरसबाट संक्रमित भैसकेका छन् उनीहरु नेपाल पिभत्र प्रवेश गर्दा साबधानी अपनाउन अध्यक्ष थापाको बिशेष आग्रह छ । अध्यक्ष थापा सहित धेरैले गरेको आग्रह सरकारले मानेको देखिँदैन । आजपनि भारतबाट नेपाल भित्रिने नेपालीहरुको संख्या बढेको छ ।

उनको स्टाटस्ः म फेरि दोहराएर भन्छु(भारतसंगको खुला सिमा र आवतजावत नियन्त्रण गर्नुहोस्  @kpsharmaoli घर फर्केका नेपालीहरुको अनिवार्य स्वास्थजांच र ‘क्वारेन्टायन’ गरियोस्।
हेलचक्राई नगरौं। संक्रमण पर्खेर नवसौं।
नेपालसंग सिमा जोडिएका भारतीय राज्य बिहार, युपि, पश्चीम बंगाल भाईरसबाट संक्रमित भैसकेका छन्
@kpsharmaoli