समाचार

नेपालगस्थित नेपाल– भारत सीमानाका आजबाट एक हप्ताका लागी बन्द

बाँके । चीनको बुहान सहरबाट फैलिएको प्राण घातक भाईरस कोभिड १९ कोरोना भाईरसले विश्वभरी महामारीको रुप लिएपछि नेपाल सरकारले पनि सुरक्षा व्यवस्था कडा पारेको छ ।

बिभिन्न नाकाहरुमा बन्द गरिएको छ भने अन्तराष्टिय हवाई उडानहरुपनि आजदेखी बन्द गरिएको छ । भने भोलीदेखी लामो दुरीका यातायातमा पनि प्रतिबन्ध लगाउने भएको छ ।

यसैक्रममा बाँकेको नेपालगस्थित नेपाल– भारत सीमानाका आजबाट एक हप्ताका लागि बन्द गरिएको छ । साथै मान्छेहरुलाई आवत–जावतबन्द गरिएपनी सामानहरु भने ल्याउन सकिने भएको छ । 

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार कोरोना भाइरसको रोकथामको प्रयासमा दुवै देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको छ ।

प्रजिअ खड्काले अत्यावश्यक सेवामा भने रोक नलगाइने जानकारी दिए । भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच आइतबार छलफल भएको थियो ।

छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खड्का र बहराइचका डिस्ट्रिक मजिस्ट्रेट ९डीएम० सहभागी थिए । यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतमा कोरोना संक्रमण फैलिँदै गएपछि त्यहाँ कार्यरत नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् ।