राजनीति

नेता रावल ओली सरकारलाई भन्छन्ः कोरोना रोक्न सुदुरपश्चिममा तुरुन्त मास्क, स्वास्थ्यकर्मी पठाउनुहोस्

काठमाडौं । नेकपा स्थायी समिति सदस्य, सुदूरपश्चिम संयोजक एबम् पूर्बगृहमन्त्री भीमरावलले तत्काल स्वास्थ्यकर्मी, ल्किनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण, ओखती तुरून्त पठाउनु माग गरेका छन् ।

नेता रावलले आफुले प्रतिनिधिसमाभाको बैठककमा उक्त विषयमा पहिले पनि आवाज उठाएपनि सरकारले वेवास्ता गरेको भन्दै तत्काल माग सम्बोध गर्न आग्रह गरेका छन् । उनले दक्षिणी सीमामा अनियन्त्रित आवगमन रोक्ने, स्वास्थ्य जाँचाको प्रबन्धबारे दुई हप्ताअघि त्यो माग गरेपनि अँझैसम्म सीमानाकामा समस्या रहेको बताए ।

यस्तै सरकारले कोरोना नियन्त्रणका लागि हरेक कदम चालेपनि भारतबाट आउने सीमानाकाहरुमा अँझै राम्रो स्वास्थ्य ववस्था गर्नै सकेको छैन जसका कारण कयौं मान्छेहरु नेपालमा प्रवेश खुल्ला रुपमा गरिरहेका छन् ।

कतिपय नाकाहरुमा स्वास्थ्यकर्मीकालागि नै सुरक्षा उपकरण नभएका कारण भारतबाट आउने मान्छेको चेक–जाँचमा नै समस्या भईरहेको छ ।

उनको ट्वीटः दक्षिणी सीमामा अनियन्त्रित आवागमन रोक्ने, स्वास्थ्य जाँचको प्रबन्ध गर्नेबारे दुई हप्ता अघि प्रतिनिधिसभामा बोलेको थिएँ । सु.प. प्रदेशको गड्डाचौकी लगायतका भन्सार विन्दुमा समस्या देखिएको छ । स्वास्थ्यकर्मी, ल्किनिकल मास्क, सुरक्षा पोशाक, स्वास्थ्य जाँच उपकरण , ओखती तुरून्त पठाइयोस् ।