प्रवास

कोरोनाको कारण लन्डनमा पहिलो एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाईरसका कारण पहिलो एक नेपालीको मृत्यु भएको छ । कोभिड १९ कोरोनाका कारण लण्डनमा एक भुतपुर्व गोर्खा सैनिकको मृत्यु भएको हो ।

नेपालको संखुवासभा खाँदवारी स्थायी घर भई लन्डन साउथ ह्यारो बस्दै आएका ६६ बर्षीय लीलाबहादुृर राईको मंगलबार मृत्यु भएको हो ।

संखृुवासभा समाज बेलायतका अध्यक्ष नैनसिंह गुरुङका अनुसार लन्डनस्थित नर्थविक पार्क अस्पतालले फोनमार्फत कोभिड १९ का कारण राईको मृत्यु भएको जानकारी गराएको छ ।

अस्पतालले परिवारका सबै सदस्यलाई १४ दिनसम्म आइसोलेसनमा बस्न पनि भनेको छ । यसबारे लिखित रिपोर्ट भने अस्पतालले सोमबार मात्र दिने भएको छ ।

यसअघि कोरोनाका कारण कुनैपनि नेपालीले कुनै देशमा ज्यान गुमाएका थिएनन् यो पहिलो घटना हो ।