मनोरञ्जन

“जेल पनि सहुँला” सार्वजनिक (भिडियो सहित)

काठमाडौं, ७ चैत । मेलीना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको गीत ‘जेल पनि सहुँला, नेल पनि सहुँला…’ सार्वजनिक भएको छ । रोहन पौडेल ‘जनक’को शब्द, हरि लम्सालको सङ्गीत निर्देशन, राजबाबु चौधरी/अजय कार्कीको रेकडिस्ट र चन्द्र चौधरीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

लक्ष्मी वर्देवा र जीवन भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा लक्ष्मी र जीवनलाई नै फिचरिङ गरिएको छ । भिडियोमा स्कुलको शिक्षिका र पालेदाईको माया प्रेमलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ ।

दोरम्बा रामेछापको आसपासमा बनाईएको गीतको भिडियोमा पाले दाई र शिक्षिकाबीच माया प्रेम बसेपछि जेल, नेल उस्तै परे काल पनि सहने कुरा व्यक्त गरिएको छ । शब्द/सङ्गीत र स्वरको सुन्दर समिश्रण रहेको गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा विष्णु खड्काको सम्पादन रहेको छ ।

[youtube https://www.youtube.com/watch?v=ztZ0mUQYswo]