आर्थिक

सिभिल बैंकको नँया शाखा अत्तरखेलमा

चैत ७, काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको अत्तरखेलमा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

अत्तरखेल शाखाको समुद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले संयुक्तरुपमा गरे । नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको थियो ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाण्डौलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाण्डौका विद्यार्थीहरुका लागि५० थान स्कूलब्याग हस्तान्तरण गरीयो । सो कम्प्युटर तथा स्कूलब्याग सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाद्वारा सम्बन्धित विद्यालयका पदाधिकारीलाई प्रदान गरियो ।