शिक्षा

त्रिविका शिक्षाध्यक्ष प्रा. डा. भुसालको कार्यभार आजदेखि शुरु

काठमाडौँ, ७ चैत । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा नियुक्त प्रा.डा. शिवलाल भुषालले आजदेखि कार्यभार शुरु गरेका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय ऐन २०४९ को दफा १९ को उपदफा (१) बमोजिम प्रा. डा. भुसाललाई यही चैत ६ गते नियुक्त गरेका थिए ।

शिक्षाध्यक्षको पदावधि ४ वर्षको हुनेछ । ढाकावाङ– ९, अर्घाखाँचीमा जन्मनुभएका प्रा. डा. भुसाल यसअघि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन थिए । उनले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।