शिक्षा

शिक्षाले नै देश बिकासको आमूल परिवर्तन गर्न सक्छः नेतृ कोईराला

बिराटनगर । नेपाली काँग्रसकी केन्द्रीय सदस्य सूजाता कोईरालाले शिक्षा नै मुलुक परिवर्तनको मूख्य आधार भएको बताएकी छन् । गिरिजा प्रसाद कोईरालाको १० औं स्कउतिका अवशरमा प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा गरिएको एक कार्यक्रममा बोल्दै कोरोना भाईरसका बिषयमा सरकारले सिरियस भएर लिएकोमा प्रशंसा गर्दै सबैलाई जतिपनि औषधी लगायत पुगोस भनेकी छन् ।

उनले ईलाईब्रेरी उद्घाटन गर्दै युवाहरुलाई कसरी उचित शिक्षादिने भन्नेमा सरोकारवालाले सोच्नुपर्ने बताईन् । उनले आफूहरुले ईलाईब्रेरीको एप्स् समेत बनाउने दाबी गर्दै सबैले आफ्नो घरमा लाईब्रेरीको व्यवस्था गर्न नसक्ने हुँदा शुरु गरिएको लाईब्रेरी महत्वपूर्ण हुने बताईन् । उनले स्कुलर कलेजको शिक्षामा ईलाईब्रेरीले महत्वपूर्ण योगदान गर्ने दाबी समेत गरिन् ।