राजनीति

गिरिजाबाबुको स्वार्थरहित नेतृत्व क्षमताले माओवादी शान्ति प्रक्रियामा आएः डा कोईराला

चैत्र ७, काठमाडौं । नेपाली काँग्रेसका माहामन्त्री डा शसाँक कोईरालाले नेपाली काँग्रेसका तत्कालीन सभापति तथा पूर्ब कार्यबाहक राष्ट्र प्रमुख गिरिजा प्रसाद कोईराला एक निडर र निर्भिक नेता भएको बताएका छन् । महामन्त्री कोईरालाले १० औं स्मृति दिवशका अवशरमा भने, ‘उहाँले प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिका हरेक नेपालीको स्मृतिमा ताजै छ’ भनेका छन् ।

सामाजिक सञ्जाल एकदमै कम चलाउने डा कोईरालाले आफ्नो फेसबुकमा लेख्दै भनेका छन्, ‘सशस्त्र युद्धमा फसेको नेपालको राजनीतिमा मलहम लगाउँदै शान्तिको सन्देश फैलाउने गिरिजा बाबुका कामहरू खुला किताब जत्तिकै स्पष्ट छन् ।’

नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुने डा कोईरालाले भाव ब्यक्र गरेका छन् ।

डा शसाँक कोईरालाको गिरिजाबाबुप्रतिको स्टाटस्ः गिरिजा बाबुको स्मृति दिवसमा उहाँलाई सम्झदा उहाँ एक निडर र निर्भिक नेता हुनुहुन्थ्यो । उहाँले प्रजातन्त्रलाई संस्थागत गर्न र गणतन्त्र स्थापना गर्न खेल्नुभएको महत्वपूर्ण भूमिका हरेक नेपालीको स्मृतिमा ताजै छ ।

उहाँको अदम्य साहस र स्वार्थरहित समन्वयकारी नेतृत्व क्षमतालेनै सशस्त्र युद्धमा रहेका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सम्भव भएको हो ।

सशस्त्र युद्धमा फसेको नेपालको राजनीतिमा मलहम लगाउँदै शान्तिको सन्देश फैलाउने गिरिजा बाबुका कामहरू खुला किताब जत्तिकै स्पष्ट छन।

नेपालको राष्ट्रियताको समृद्धि र प्रजातन्त्रप्रतिको अडिग र अविचल आस्था नै गिरिजा बाबुप्रतिको श्रद्धाञ्जलि हुनेछ।

जय नेपाल ।।।